कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कार्कीको 'कुमारी प्रश्नहरू' सार्वजनिक  

कान्तिपुर संवाददाता

काठमाडौँ — दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ सार्वजनिक भएको छ । शुक्रबार बिहान कालिकास्थानस्थित 'आर' शालामा बेलायती राजदूत निकोला पोलिट, पत्रकार अमित ढकाल र लेखकले संयुक्त रुपमा  पुस्तक विमोचन गरेका हुन् । 

कार्कीको 'कुमारी प्रश्नहरू' सार्वजनिक  

विमोचन कार्यक्रकमा राजदूत पोलिटले नेपाली साहित्यमा महिलाको बढ्दो सहभागिताले आफू उत्साहित भएको बताइन् । पोलिटले बेलायतको साहित्यिक इतिहासको स्मरण गराउँदै उसबेला उता पनि जर्ज एलिटजस्ता महिला लेखकले पुरुषका नाममा लेख्ने गरेको बताइन । भनिन्- 'महिलालाई महत्वसाथ नहेरिए साहित्यको मैदान अनुभूति बेगरको मरुभूमी बन्नेछ ।'


पत्रकार ढकालले पुस्तकमा उल्लेख भएका विषयवस्तुले नविन जीवन पाउन सकिने बताए । उनले भने, 'दुर्गाको लेखनीमा विशेष शैली छ जसमार्फत् उनले उठान गरेका हरेक विषयवस्तुले नविन जीवन पाउँछन् । त्यही नविनता र गुरुत्व उनको कथा सँग्रहमा पनि छर्लङ्ग देखिन्छ ।'


लेखक कार्कीले लेख्‍नु भनेको लेखाइमार्फत अरुलाई बुझ्नु भएको बताइन । भनिन, ‘लेख्नु भनेको लेखाईमार्फत् अरुलाई बुझ्नु पनि हो, त्येसैले यी कथाहरु लेख्दा मैले धेरै मान्छेका भावनाहरुलाई महसुस गर्ने मौका पाएकी छु । त्यसरी नै पात्रका भावनाहरु मार्फत समाजका विविध पक्षलाई केलाउने मौका पनि पाएकी छु ।’


पब्लिकेसन नेपालयले प्रकाशित गरेको पुस्तक कथाहरुको संग्रह हो । पुस्तक ‘कुमारी प्रश्नहरू’को मूल्य ४ सय २५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?