१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

२८ भाषाको डिजिटल ‘भाषाकोश’

काठमाडौँ — ज्ञानीमैयाँ कुसुन्डाको दुई साताअघि निधन भएयता अब कुसुन्डा भाषा कसरी बाँच्ला भन्ने चिन्ता बढेका बेला भाषा आयोगले डिजिटल भाषाकोशमा समेटेको छ । 

आयोगले ज्ञानमैयाँ जीवित छँदै तिनै दिनचर्याको अवशेषलाई लिएर वृत्तचित्रसमेत निर्माण गरेको छ । ‘जंगली जीवन कस्तो थियो, बा–आमाले कस्तो व्यवहार गर्थे,’ वृत्तचित्र निर्माणमा संलग्न पत्रकार प्रकृति अधिकारी भन्छन्, ‘कुसुन्डा समुदायले जन्मदेखि मृत्युपर्यन्तसम्म केके गर्थे । के गर्न हुन्थ्यो र के हुँदैनथ्यो भनेर नेपालीमा सोधिएको प्रश्न ज्ञानीमैयाँले आफ्नै भाषामा बोलेकी छन् ।’ आयोगले दाङको घोराहीमा ज्ञानीमैयाँलाई लिएर कुसुन्डा भाषा प्रशिक्षण कक्षासमेत सञ्चालन गरेको थियो । त्यो कक्षामा ज्ञानमैयाँले बोलेको शब्दहरूलाई लिपिबद्ध गरिएको छ । आयोगले कुसुन्डासहित २८ भाषाको बहुभाषिक डिजिटल ‘भाषाकोश’ निर्माण गरेको छ । ती भाषामा आठपहरे, उराँव, किसान, कुसुन्डा, चाम्लिङ, छन्त्याल, जुम्ली, जेरुङ, डोने, तिलुङ छन् । त्यसैगरी दराई, दुरा, बज्जिका, बेलहारे, बोटे, ब्यासी, मेचे, याक्खा, राउटे, राजवंशी, राजी, लाप्चा, लुङखिम, सन्थाली, साम्पाङ, सुरेल, सोनाहा, हायु छन् ।


आयोगका अध्यक्ष लवदेव अवस्थीले अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फेब्रुअरीमा बहुभाषिक डिजिटल ‘भाषाकोश’ सार्वजनिक गरिने बताएका छन् । ‘आयोगको उद्देश्यअनुसार मुलुकमा बोलिने भाषाहरूको अभिलेखीकरण क्रम जारी राखेका छौं,’ उनले भने, ‘अभिलेखीकरणका चरणहरूमध्ये डिजिटल भाषाकोश एक हो । अरू भाषासमेत समेट्ने लक्ष्य छ ।’


भाषाशास्त्री बलराम प्रसाईंले उक्त भाषाकोश निर्माण नेतृत्व गरेका हुन् । ‘आयोगले दुई वर्षको प्रयासमा गरेको भाषाका शब्द संकलन हो यो,’ त्रिवि भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत सहप्राध्यापक प्रसाईंले भने, ‘एउटा भाषाको दुई हजारदेखि पाँच हजार शब्द समेटिएका छन् । यसभित्र नेपाली भाषाका शब्द केन्द्रमा राखेर जोडिएका छन् । जस्तो कि ‘खानु’ शब्दलाई कुन भाषामा के भनिन्छ, त्यसको भाषाअनुसार आउँछ । कुनै शब्द लेखाइ र उस्तै भए पनि अर्थ फरक रहेका छन् ।


प्रकाशित : माघ २९, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?