कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आजबाट हिमालयन आर्ट फेस्टिभल सुरु, २५ लाखसम्मको पेन्टिङ प्रदर्शनीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको नेपाल आर्ट काउन्सिल बबरमहलमा १ सय ५० जना कलाकारका २ सय वटा पेन्टिङहरु प्रदर्शन गरिने हिमालयन आर्ट फेस्टिभल आइतवारदेखि सुरु भएको छ । नेपाली कलाकारको कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले आर्ट फेस्टिभल भएको हो । 

आजबाट हिमालयन आर्ट फेस्टिभल सुरु, २५ लाखसम्मको पेन्टिङ प्रदर्शनीमा

फेस्टिबलमा ८ हजारदेखि २५ लाखसम्मका पेन्टिङ राखिएका आयोजक हिमालयन आर्ट फेस्टिभलले जनाएको छ । ‘नेपाली कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले प्रर्दशनी राखिएको हो,' आयोजक बिदाता केसीले भनिन् ।

नेपालका कलाकारले बनाएका चित्रलाई विश्वबजारमा चिनाउने हिसाबले नेपाली कलाकारको बायोडाटासहित अनलाइनमा पेन्टिङ राखिएको केसीले बताइन् । हिमालयन आर्ट फेस्टिभलमा नेपालका प्रशिक्षार्थी कलाकारदेखि दिग्गज कलाकारको उपस्थिति रहने आयोजकले जनाएको छ ।


फेस्टिभलमा चित्रकलाका चर्चित व्यक्तित्व उत्तम नेपाली लगायतका कलाकारले आ–आफ्नो कला देखाउने छन् । उत्तम नेपाली कलाका क्षेत्रमार्फत आवाजलाई अनुवाद गर्न सक्षम कलाकार हुन् । उनको रंगमा उत्सादी र चित्रात्मक संयोजनमार्फत भावना र अनुभूतिजन्य संयोजनमा जोड दिएको पाइने पौवा कलाकार अजय बज्राचार्यले बताए ।


चित्रकारका मौखिम पाठ क्यानभासमा देवनागरी लिपिमा अंकित गरिएको छ । ‘कवि र चित्रकारको आपसी समिश्रणले के सुझाउँछन् भने उनीहरू समान भावना, अनुभव र दृष्टिका साथ काम गर्छन् कम वा बेसी रूपमा उनीहरू समान तरिकाले वास्तविकलाई सम्झिने/बुझ्ने बोध गर्ने गर्छन् र आफ्ना रचनामा समान दृष्टि चित्रण गर्छन्,’ कलाकार आशा डंगोलले भनिन् ।


प्रदर्शनीमा पेन्टिङ, पौवा, प्रिन्ट मेकिङ, डान्स, सेरामिक लगायतका पेन्टिङ तथा नाच प्रदर्शन हुने छन् ।


‘मानिसको शरीरलाई वस्तु जस्तै ठानेर कलात्मक शैलीमा उतार्ने हाम्रो प्रयास रहने छ,’ बिन्दू स्पेसका संयोजक पृथ्वी श्रेष्ठले भने, ‘हामीले विभिन्न गीत, लाइट र मानव शरीरको संयोजनमा कलाकारिता प्रदर्शन गर्ने हो । यसलाई नाच मात्र नभएर कलाकारिताको रुपमा लिइन्छ

नेपालमा विदेशी पेन्टिङलाई प्राथमिकता दिने गरिएपनि नेपाली कलाकारले चलाएको कूचीले पनि राम्रो पेन्टिङ बनाउन सक्ने आयोजक सदस्य बिदाता केसीले बताइन् ।


‘हामी विदेशी आर्टिस्टको मात्र पेन्टिङ राम्रो भन्ठान्छौं तर नेपाली मौलिकतामा पनि धेरै राम्रो पेन्टिङ हुन्छ । यहाँसम्म आएर नेपाली पेन्टिङहरूको पनि अवलोकन गरिदिन आग्रह गर्दछु,’ उनले भनिन् ।

प्रकाशित : आश्विन १२, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?