सरस्वतीलाई अन्तराष्ट्रिय दर्नाल अवार्ड

जेष्ठ २५, २०७५

कान्तिपुर संवाददाता

काठमाडौँ — याे वर्षकाे अन्तराष्ट्रिय दर्नाल अवार्ड बैतडीकी सरस्वती नेपालीलाई दिइने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सरिता परियार ट्रष्ट फण्ड, जागरण मिडिया सेन्टर र समता फाउण्डेसनले ५ लाख राशिकाे उक्त सम्मान सरस्वतीलाई दिने जनाएको हो ।  

दर्नाल अवार्ड निणार्यक समितिले दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सरस्वतीलाई अवार्ड प्रदान गर्ने निणर्य गरेको हो ।  

साथै समितिले डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वती कुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा. रुपचन्द्र विश्वकर्मा कदर पत्र प्रदान गर्ने भएको छ । 

अन्तराष्ट्रिय दर्नाल अवार्ड अगस्त १५ मा प्रदान गरिने ट्रष्ट फण्डकी प्रमुख सरिता परियारले बताइन् । 

कान्तिपुर

Link copied successfully