१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

सरस्वतीलाई अन्तराष्ट्रिय दर्नाल अवार्ड

काठमाडौँ — याे वर्षकाे अन्तराष्ट्रिय दर्नाल अवार्ड बैतडीकी सरस्वती नेपालीलाई दिइने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सरिता परियार ट्रष्ट फण्ड, जागरण मिडिया सेन्टर र समता फाउण्डेसनले ५ लाख राशिकाे उक्त सम्मान सरस्वतीलाई दिने जनाएको हो ।  

सरस्वतीलाई अन्तराष्ट्रिय दर्नाल अवार्ड

दर्नाल अवार्ड निणार्यक समितिले दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सरस्वतीलाई अवार्ड प्रदान गर्ने निणर्य गरेको हो ।

साथै समितिले डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वती कुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा. रुपचन्द्र विश्वकर्मा कदर पत्र प्रदान गर्ने भएको छ ।

अन्तराष्ट्रिय दर्नाल अवार्ड अगस्त १५ मा प्रदान गरिने ट्रष्ट फण्डकी प्रमुख सरिता परियारले बताइन् ।

प्रकाशित : जेष्ठ २५, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?