मौसमअनुसार छालाको स्याहार यसरी गरौं

गर्मीको मौसममा चर्को घामले पसिना आउने, छाला तौलीय हुने र पिग्मिन्टेशन बढ्ने हुन्छ ।

चैत्र २५, २०८२

इशा पौडेल कोइराला

How to take care of your skin according to the weather

What you should know

काठमाडौँ — हामीमध्ये धेरैजसोले वर्षभरि छाला सम्बन्धी हेरचाहको एउटै रुटिन पालना गरिरहेका हुन्छौं । सबैले उस्तै  क्लिन्जर, उस्तैै मोइस्चराइजर वा एउटै उत्पादनहरू बारम्बार प्रयोग हुन्छौं । यद्यपि, नेपालको हावापानी फरक छ, र तपाईंको छाला पनि फरक छ । हरेक सिजनमा मौसमअनुसार फरक उत्पादनको प्रयोग वा फरक हेरचाह जरुरी हुन्छ ।

पुस–माघको जाडोमा तपाईंको छालालाई चाहिने कुरा र वैशाख–जेठको गर्मीमा तपाईंको छालालाई चाहिने कुरा फरक हुनसक्छ । जस्तो, जाडोमा, सुख्खा हावाले छालाको अवरोधकलाई कमजोर बनाएको हुन्छ । फ्लेकिनेस र संवेदनशीलता बढ्छ । 

गर्मीको मौसममा चर्को घामले पसिना आउने, छाला तौलीय हुने र पिग्मिन्टेशन बढ्ने हुन्छ ।

वर्षाको मौसममा आद्रताले फंगल संक्रमण बढ्ने, खटिरा आउने हुनसक्छ । मौसम अनुसार छालाको हेरचाहको तालिका समायोजन गर्नु निकै महत्वपूर्ण छ । 

गर्मीको समयमा, तेल उत्पादनलाई कसरी सम्हाल्ने र घामबाट हुने क्षतिबाट कसरी बच्ने भन्ने सवाल मुख्य हो । क्लिन्जर र मोइस्चराइजरहरू हल्का तौलका र जेल–आधारित हुनुपर्छ । भिटामिन सी र नियासिनमाइड जस्ता एन्टिअक्सिडेन्टहरूले अक्सिडेटिभ तनावसँग लड्न र  मद्दत गर्न सक्छन् ।

चाउरीपन, पोस्ट–इन्फ्लेमेटरी हाइपरपिग्मेन्टेसनजस्ता अवस्थाहरूबाट बच्नका लागि दैनिक ५० वा सोभन्दा बढीको एसपीएफ भएको ब्रोड–स्पेक्ट्रम सनस्क्रिन प्रयोग गर्नु आवश्यक छ । प्रत्येक दुई देखि तीन घण्टामा पुनः प्रयोग गर्नुपर्छ ।

वर्षाको मौसममा सरसफाइ र छालाको हेरचाहमा जोड दिन आवश्यक छ । दिनमा दुई पटक नुहाउँदा पसिना आउने र फोहोर हटाउन सहयोग हुन्छ ।  भारी क्रिमहरूको प्रयोगबाट बच्नुपर्छ । यस समय छालाको सुख्खापन कायम राख्न जरुरी छ । 

मानिसहरूलाई गर्मीमा मात्र सनस्क्रिन चाहिन्छ भन्‍ने भ्रम पनि छ । जो गलत हो । वास्तवमा, युभी किरणहरू जाडो र मनसुन मौसममा पनि शक्तिशाली नै रहन्छन् । विशेष गरी नेपाल जस्ता उच्च–उचाइका ठाउँहरूमा यस्तो हुन्छ । सनस्क्रिनको नियमित प्रयोगले पिग्मेन्टेसन र, चाउरीपन रोक्छ ।

जाडोमा अवरोधकलाई कमजोर हुन नदिनका लागि नन–फोमिंग क्लिन्जर्स, सेरामिड्स, ग्लिसिरिन वा ह्यालुरोनिक एसिडयुक्त गाढा मोस्चराइजर्स प्रयोग गर्न जरुरी छ । इरिटेशन वा सुख्खापनलाई रोक्न एक्फोलियशन र अल्कोकलयुक्त उत्पादनहरुको प्रयोग कम गर्नुपर्छ ।

(स्कन्द स्वाँरले गरेको कुराकानीमा आधारित ।)

इशा कोइराला छालारोग विशेषज्ञ हुन् ।

Link copied successfully