यी हुन् घर बिक्रीअघि गर्नैपर्ने काम

कुनै पनि घरको बाहिरी देखावट सबैभन्दा महत्वपूर्ण पक्ष हो । बिक्रीअघि यो पक्षमा घरधनीले सुधार गर्नुपर्छ ।

फाल्गुन १३, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — घर बेच्ने प्रक्रिया निकै झन्झटिलो र अलमलिने हुन्छ । त्यतिबेला घरसँग जोडिएका भावनात्मक सम्बन्ध झन बलियो भएर आउँछन् । यस्ता भावनाले थप अलमलमा पारिदिन्छन् ।

तपाईं अहिले नै घर बेच्ने सोचमा हुनुहुन्छ वा केवल विचार मात्र गर्दै हुनुहुन्छ भने यी सुझावले स्पष्ट योजना बनाउन र घर खरिदकर्ताका लागि समेत मद्दत गर्नेछ । 

खर्च र आम्दानीको हिसाब–किताब 

घर बिक्री र त्यसपछि नयाँ घर किन्न आर्थिक योजना बनाउनु अत्यन्तै महत्वपूर्ण हुन्छ । बैंक वा ऋणदातासँग कुरा गरेर बिक्रीपछिको खरिद योजनाका लागि कति रकम आवश्यक पर्छ भनेर बुझ्ने । जस्तैः हालको घरमा रहेको इक्विटी, क्लोजिङ लागत, सर्ने खर्च, सम्झौताअनुसार गर्नुपर्ने मर्मत र सुधार खर्च जस्ता कुराको आर्थिक योजना बनाउने । 

घरको ‘लुक्स’मा ध्यान दिने  

कुनै पनि घरको बाहिरी देखावट सबैभन्दा महत्वपूर्ण पक्ष हो । बिक्रीअघि यो पक्षमा घरधनीले सुधार गर्नुपर्छ । बिक्रीका लागि तयार गरेको घरलाई सफा र आकर्षक देखाउन बगैँचा राम्रो बनाउने, घर रंगाउने, झ्याल र ढोका मर्मत गर्ने गर्नुपर्छ । 

बिक्रीपछिको योजना बनाउने

घर बेच्ने योजना बनाउँदा सुरुवातबाट होइन, रियल इस्टेटको अन्तिम लक्ष्यबाट सुरु गर्नुहोस् । त्यसपछि उल्टो हिसाबले योजना बनाउनुहोस् । तपाईं घर किन बेच्दै हुनुहुन्छ ? के अभिभावकलाई सँगै राख्न थप ठाउँ चाहिएको हो ? अथवा रोजगारी गुम्दा वा आर्थिक समस्या आएपछि घर बेच्न लाग्नु भएको हो ? आफू के चाहनुहुन्छ भन्ने स्पष्ट हुने । त्यसलाई घर बिक्रीबाट कति रकम आउनुपर्छ र त्यो कहाँ लगानी गर्ने भन्ने सुनिश्चित गर्ने ।  

अनलाइनबाट घर बेच्दा ध्यान दिनुपर्ने विषय

भिडियोमार्फत घर देखाउने ।

ड्रोन भिडियो प्रयोग गर्ने ।

प्रोफेसनल फोटो प्रस्तुत गर्ने ।

घरको विस्तृत विवरण दिने ।

छुट्टै प्रोपर्टी वेबसाइट निर्माण गर्ने ।

कान्तिपुर

Link copied successfully