अनौठा डिजाइनमा घडी

फ्रान्सको चर्चित घडी ब्रान्ड ‘च्यानल’ले एक बर्षअघि सार्वजनिक गरेको नयाॅ घडीले सबैको ध्यान खिचेको थियो ।

माघ २२, २०८२

कान्तिपुर संवाददाता

Uniquely designed watch

काठमाडौँ — कुनै बेला समय हेर्नका लागि मात्र घडी प्रयोग हुन्थ्यो । समय देखाउनु नै यसको मुख्य काम मानिन्थ्यो । तर समयसॅगै मानिसको सोच, रुचि र जीवनशैली बदलिादै जाॅदा घडीको स्वरूप पनि फेरिॅदै गएको छ ।  

विशेषगरि महिलाहरू र नयाॅ पुस्ता घडीलाई गहनाकै स्वरुपमा प्रयोग गर्न रुचाउन थालेपछि अनौठा आकार र डिजाइन भएका घडी विश्व बजारमा लोकप्रिय बन्दै गएका छन् ।

फ्रान्सको चर्चित घडी ब्रान्ड ‘च्यानल’ले एक बर्षअघि सार्वजनिक गरेको नयाॅ घडीले सबैको ध्यान खिचेको थियो । स्वीट्जरल्यान्डको जेनेभा सहरमा सम्पन्न विश्वप्रसिद्ध घडी प्रदर्शनीमा ‘किस मी’ नाम दिएको घडीले त्यतिबेला चर्चा पाएको थियो । 

लिपस्टिकको आवरणमा निर्माण गरिएको यो घडी थिच्ने बित्तिकै खुल्ने र भित्र समय देखाउने डायल देखाइएको थियो । सिक्री आकारको सुनमा जडित २० वटा पहेलो बेरिल ढुंगा र झुन्ड्याउन मिल्ने सिक्री डिजाइनमा सजाइएको घडी प्रर्दशनमा राखिएको थियो ।

‘किस मी’ मात्र होइन, अन्य अनौठा घडी–गहनाहरू अहिले फेसनको रुपमा अगााडि आएका छन् । ‘प्रोटेक्ट मी’ नाम दिइएको पेन्डेन्ट घडी गाजलको बट्टाभित्र रहको छ । 

त्यस्तै ‘गिभ मी लक’ नामक अर्को घडी–हारमा रुबेलाइट ढुंगाहरू जडान गरिएका छन् । यी गहनाहरूलाई घुमाएर भित्र घडी हेर्न सकिन्छ । (एजेन्सीको सहयोगमा ) 

कान्तिपुर

Link copied successfully