कसरी भयो चुइगमको विकास ? के यसले मुड सुधार्छ ?

चुइगमको मानसिक प्रभावबारे अनुसन्धन गरेका वैज्ञानिकहरु यसले ध्यान केन्द्रीत गर्न सहयोग गर्ने बताउँछन् । नियमित चुइगम चपाउनेहरुमा तनाव कम हुने पनि उनीहरु बताउँछन् ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

How did chewing gum evolve? Does it improve mood?

What you should know

काठमाडौँ — ग्रेट डिप्रेशनको समय दशौं हजार व्यवसाय टाट पल्टदाँ पनि विलियम रिग्ली जुनियरले पैसा कमाइरहे । ‘मलाई लाग्छ मानिसहरु दुखी भएका बेला अझै कठोर भएर चपाउनेछन्,’ जुसी फ्रुट र स्पियरमिन्टजस्ता चुईगमको साम्राज्य खडा गरेका रिग्लीले भन्थे ।

२० औं शताब्दीमा धेरै मानिसले आफ्नो सासलाई ताजा राख्न चुइगम चपाए ।चुइगमले मानिसलाई शान्त राख्ने वाचा पनि गर्दथ्यों । यसलेमष्तिस्क शान्त राख्छ,’ रिग्लीको १९१८ ताकाको विज्ञापनमा भनिएको छ ।

कम्पनीहरुले अहिले चुइगमको व्यापार प्रवद्र्धनगर्न खोजिरहेका छन् । र, यो बजारीकरण रणनीति फेरिफर्केलाजस्तो देखिन्छ । पछिल्लो ५ वर्ष मानिसहरुले चपाउन छाडेका थिए । कोभिडमहामारीको समय चुइगमको व्यापार निकै घट्यो । अमेरिकामा झन्डै एकतिहाईले घट्यो । फ्रुट स्ट्रिपजस्ता क्लासिकल ब्रान्डले उत्पादन नै बन्दगरे । यो घट्दो व्यापारलाई बढाउन गम कम्पनीहरुले फेरि एकपटक गमलाई मन शान्त पार्नेविषयका रुपमा प्रस्तुत गर्दैछन् । नयाँ विज्ञापनहरुले समस्याबीच चपाइरहनमानिसहरुलाई आग्रह गर्नेछन् । वा, गमले बेकारका भावनाहरुहटाउन सक्ने दाबी गर्नेछन् ।

रिग्ली बजार विज्ञ थिए । उनको बजारीकरण सुत्रस्थापित विज्ञानमा आधारित थिएन । तर, पनि उनलेत्यसबेला गरेका कतिपय दाबी अहिले ठ्याक्कै मिलेका छन् ।

चुइगमको मानसिक प्रभावबारे अनुसन्धन गरेकावैज्ञानिकहरु यसले ध्यान केन्द्रीत गर्न सहयोग गर्ने बताउँछन् । नियमित चुइगमचपाउनेहरुमा तनाव कम हुने पनि उनीहरु बताउँछन् ।

चुइगमको स्वाद मिठो हुने भएपनि यसमा कुनै पोषणभने हुँदैन । र, मानिसहरु स्वाद गइसकेपछि पनि यसलाईचपाइरहेकै हुन्छन् ।

मानिसहरुले हजारौं वर्षअघि नै चपाउनका लागिगमजस्तै चिज तयार गरेका थिए । र, विश्वका धेरै कुनामा,धेरै संस्कृतिमा यस्तो अभ्यास छ । पुरानो समयमा भेटिएको सबैभन्दा पुरानो चपाउने गम करिब ८ हजार वर्षअघिस्क्यान्डिनेभियामा भेटिएको बिर्च रुखको बोक्राबाट बनाइएको थियो ।अनुसन्धानकर्ताहरुका अनुसार त्यहाँका शिकारीसङ्कलकहरूलेआफ्ना औजारका लागि ग्लु बनाउन त्यस चिल्लो पदार्थलाई चपाउने गर्थे । तर त्यो गममाभेटिएका दाँतका दागले झन्डै ५ वर्षका बालबालिकाले पनि गम चपाएको संकेत गर्छ । जसकोअर्थ औजारका लागि ग्लु तयार गर्न मात्रै होइन, मज्जाका लागिपनि यसलाई चपाइन्थ्यों । प्राचीन ग्रीक, आदिवासी अमेरिकी रमायानहरूले पनि विभिन्न रुखबाट निस्किने चिप्लो रेसादार पदार्थ, जस्तै सापोडिला रुखको लेदो, चपाउने गर्दथे ।

अमेरिकामा १८५० मा आधुनिक चुइगम तयार भयो ।यसबेला निर्वासनमा रहेका मेक्सिकोका राष्ट्रपति एन्टोनियो लोपेजले न्युयोर्ककाआविस्कारकलाई सापोडिला रुखबाट झिकिएको खोटो ( चुइगम बनाउने प्रमुख तत्व ) दिएकाथिए । सुरुमा यसलाई रबरको विकल्पका रुपमा तयार गर्ने ती आविस्कारकको लक्ष्य थियो ।तर,त्यसरी तयार गरिएको वैकल्पिक रबरले काम गरे । यसपछि उनले यसैबाटचुइगम तयार गरे ।

अमेरिकामा चुइगमको ट्रेन्डलाई स्थापित गर्नेकाम भने रिग्लीले नै गरे । उनले सुरुमा साबुन र बेकिङ सोडा बेच्थें । ती उत्पादनकिन्नेलाई चुइगम सित्तैमा बाँड्न थाले । तर, १८९० कोदशकसम्म आइपुग्दा उनलाई महसुस भयो, अन्य उत्पादनभन्दा चुइगमप्रतिमानिसको आकर्षण धेरै छ । त्यसपछि उनले पूर्णत चुइगमको व्यापार थाले ।

२० औं शताब्दीको सुरुवाततिर चुइगम अत्याधिकलोकप्रिय थियो । यसले पार्नसक्ने असरबारे चिन्ता व्यक्त गर्दै न्युयोर्कटाइम्सजस्ता पत्रिकाले लेख नै लेख्न थालिसकेका थिए । त्यससँगै चुइगमको प्रवद्र्धनगर्नेगरी लेखहरु पनि प्रकाशित भइरहेका थिए । केरी सेग्रेमको पुस्तक चुइगम इन अमेरिका १८५०१९२० : द राइज अफ एनइन्ड्रस्टीमा १९१६ मा प्रकाशित एक लेख उल्लेख गरिएको छ । के चिन्तित हुनुहुन्छ ? चुइगम चपाउनुस् ,’ उक्त लेखका भनिएको छ ,‘राति निद्रा लाग्दैन । चुइगमचपाउनुस् । डिप्रेस हुनुहुन्छ ? ‘के दुनियाँ तपाईविरुद्ध छ ?चुइगम चपाउनुस् ।

१९३४१९४६ मान्युयोर्क शहरका मेयर फियोरेल्ला ला गार्डियाले सडकमा टाँसिएका चुइगम सफा गर्नकालागि विभिन्न कम्पनीहरुसँग सहयोग नै माग्नुपरेको घटनाले त्यस समय चुइगम कति प्रख्यातथियो भन्ने स्पष्ट गर्छ ।

१९४० को दशकमै बर्नार्ड कलेजले गरेको चारवर्षे अध्ययनले गम चपाउने मानिस कम तनावमा हुन्छन् भन्ने देखायो, तर कसरी भन्ने  प्रमुखअनुसन्धानकर्ताले स्पष्ट पार्न न सकेनन् ।

सन् २००६ मा रिग्ली कम्पनीले रिग्ली साइन्सइन्स्टिच्युट स्थापना गर्‍यो । यसले गमको फाइदाबारेअनुसन्धान गर्न अनुसन्धानकर्ता र पिएचडीका विद्यार्थीहरूलाई सहयोग र पैसा दिनथाल्यो ।  र उनीहरूले आफ्नै प्रयोगशालामाकाम गरेर  साइन्स जर्नलमा  लेख प्रकाशित गरे । कार्डिफ विश्वविद्यालयकामनोवैज्ञानिक एन्ड्रियु स्मिथले झन्डै १५ वर्ष गमबारे अध्ययन गरे, यस अवधिमा उनले रिग्ली इन्स्टिच्युटको सहयोग पनि लिएका थिए ।

चुइगमका फाइदा के-के छन् ?

चुइगम चपाउँदा मस्तिष्कभित्र के हुन्छ ? पोल्यान्डको जुचिन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सन् २०२५ मायसबारे अध्ययन गरे । एमआरआई, ईईजी र इिन्फ्रारेडस्प्रेक्ट्रोस्कपी प्रयोग गरेर यो अध्ययन गरिएको थियो ।

वैज्ञानिकहरुका अनुसार चुइगम चपाउँदा यससँगसम्बन्धित मांसपेशी तथा ध्यान, सतर्कता र भावनात्मकनियन्त्रणसँग जोडिएका मस्तिष्कका उच्च तहका भागहरु पनि सक्रिय हुन्छन् । ईईजीअध्ययनले मस्तिष्कका वेभ ढाँचामा साना परिवर्तन देखाएका छन् ।

लामो समयसम्म झर्को वा दिक्क लाग्ने काम गर्दाचुइगम चपाउनु राम्रो हुन्छ । यसले केही हदसम्म एकाग्रता कायम राख्न सहयोग गर्छ ।  

सार्वजनिक रूपमा बोल्नुपर्ने, वदिमागी हिसाबकिताब गर्नेजस्ता काममा चुइगम चपाउनेमानिसहरूले नचपाउनेको दाँजोमा बेचैनी वा चिन्ता कम भएको महसुस गरेको बताएका छन् ।

यी प्रभावहरू प्रायः छोटो समयका लागि मात्रदेखिन्छन् र चुइगम चपाउन बन्द गरेपछि चाँडै हराउने हराउँछन् । गमले निरन्तर सानोसाना हल्ला,  चञ्चलता प्रदर्शन गर्न मन लाग्ने चाहना भएकाहरूलाई सहयोग पुर्‍याउन सक्छ,यसले  अप्रत्यक्ष रूपमाध्यान र मनस्थिति सुधार्न मद्दत गर्नसक्छ । 

कान्तिपुर

Link copied successfully