के ब्लुटुथबाट 'वायर्ड हेडफोन'मा फर्किंदै छ फेसन ?

अन्तर्राष्ट्रिय सेलिब्रिटी, एनबीए खेलाडी र कलाकारले वायरलेस छाडेर वायर्ड हेडफोनलाई नयाँ जीवनशैलीमा रूपमा अपनाउन थालेका छन् ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Is fashion returning from Bluetooth to 'wired headphones'?

What you should know

काठमाडौँ — आधुनिक प्रविधि र स्टाइलको प्रतीक मानिएको 'ब्लुटुथ हेडफोन'को आकर्षण बिस्तारै घट्दै छ । 

अन्तर्राष्ट्रिय सेलिब्रिटीदेखि एनबीए खेलाडीसम्मले वायर्ड हेडफोन प्रयोग गर्न थालेपछि यसलाई नयाँ जीवनशैली र फेसन ट्रेन्डका रूपमा यसलाई हेरिन थालिएको छ ।

सन् २००८ मा बेइजिङ ओलम्पिकका क्रममा बास्केटबल सुपरस्टार लेब्रोन जेम्सले घाँटीमा बिट्स बाई ड्रे हेडफोन झुन्ड्याएर सार्वजनिक रूपमा देखिएपछि वायरलेस हेडफोनको लोकप्रियता विश्वभर फैलिएको थियो । तर झन्डै दुई दशकपछि फेरि यो शैली उल्टिएको छ । अहिले स्टेफ करी, एन्थोनी एड्वर्ड्सजस्ता एनबीए स्टार खेलअघि रंगशालामा प्रवेश गर्दा वायर्ड इयरबडसहित देखिन थालेका छन्  । 

Is fashion returning from Bluetooth to 'wired headphones'?

यो ट्रेन्ड खेलकुदमा मात्र सीमित नभएको सीएनएनमा प्रकाशित सामग्रीमा उल्लेख छ । समाचारअनुसार संगीत र फिल्म क्षेत्रमा पनि वायर्ड हेडफोनको प्रयोग बढ्दै गएको छ । ड्रेक, हृयारी स्टाइल्स, जेन्डाया, लिली–रोज डेपजस्ता विश्वप्रसिद्ध कलाकार ब्लुटुथ छाडेर तारजडित हेडफोन नै प्रयोग गरिरहेको देखिएका छन् । 

Is fashion returning from Bluetooth to 'wired headphones'?

फेसन म्यागजिन भोगलाई दिएको अन्तर्वार्तामा अभिनेत्री एम्मा वाट्सनले ‘मलाई पुरानो स्कुलको प्लग–इन हेडफोन नै मन पर्छ’ भनेकी थिइन् । त्यस्तै, भोगकै ‘हृवाट्स इन द ब्याग’ सेग्मेन्टमा पपस्टार दुआ लिपा र एरियाना ग्रान्डेले पनि वायर्ड हेडफोन नै प्रयोग गर्ने गरेको देखिएको थियो । 

यस ट्रेन्डलाई संस्थागत रूपमा उजागर गर्ने काम इन्स्टाग्राम अकाउन्ट ‘वायर्ड इट गर्ल्स’ ले गर्दै आएको छ । सन् २०२१ मा शेल्बी हलले सुरु गरेको यो अकाउन्ट वायर्ड हेडफोनको पुनरागमनको अनौपचारिक प्लेटफर्मका रूपमा परिचित छ। मोडल बेला हदिदको वायर्ड हेडफोन रोजाइबाट प्रेरित भएर यो अकाउन्ट सुरु गरिएको हो  । 

Is fashion returning from Bluetooth to 'wired headphones'?

फेसन विश्लेषकका अनुसार वायर्ड हेडफोन ‘इफोर्टलेस कुल’ अर्थात् बनावटीपनबिनाको आत्मविश्वासी स्टाइलको मानक बनेको छ। हजारौं डलर पर्ने लक्जरी सामग्री किन्न नसके पनि करिब २५ डलरमै पाइने वायर्ड हेडफोनले आम मानिसलाई पनि सेलिब्रिटी स्टाइलसँग जोडिदिएको छ । 

वायर्ड हेडफोनको पुनरागमन फेसन परिवर्तन मात्रै होइन, उपभोक्ता सोच र आधुनिक जीवनशैलीप्रतिको दृष्टिकोणमा आएको बदलावको संकेत पनि हो ।

कान्तिपुर संवाददाता

Link copied successfully