किन आउँछ चाया-पोतो ? उपचार के ? 

डाक्टरको सल्लाहबिना क्रिम प्रयोग नगर्ने, छालालाई धेरै स्क्रब नगर्ने हो भने पनि धेरै जोगिन सकिन्छ ।

माघ १५, २०८२

कान्तिपुर संवाददाता

Why does chaya-poto occur? What is the treatment?

काठमाडौँ — चाया–पोतो छालामा देखिने कालो–खैरो दाग हो, जसलाई चिकित्सकीय भाषामा ‘पिगमेन्टेसन डिसअर्डर' भनिन्छ । यो छालाको माथिल्लो वा तल्लो सतहमा देखिन सक्छ ।

- मुख्य रूपमा गालाको दुवैतिर

- निधारमा

- नाकको छेउछाउ

- धेरै घाममा बस्दा

- वंशानुगत कारण

- हर्मोनको गडबडी (एस्ट्रोजिन)

- गर्भावस्था (कोस्मा) का बेला

- महिनावारी बन्द भएपछि

- पाठेघरमा ट्युमर हुँदा 

- मोबाइल, ल्यापटप, कम्प्युटरबाट निस्कने ब्लुलाइटको असरले 

- चिकित्सकले दिने क्रिम

- खाने औषधि

- केमिकल पिल

- लेजर थेरापी

- माइक्रोडर्माब्रेसन

- बजारबाट जथाभाबी किनेर क्रिम प्रयोग नगर्ने

- डाक्टरको सल्लाहबिना क्रिम प्रयोग नगर्ने 

- छालालाई धेरै स्क्रब नगर्ने 

- घाममा निस्कँदा सनस्क्रिन अनिवार्य

- टोपी, छाता, चस्मा प्रयोग गर्ने

- मोबाइल/ल्यापटप धेरै प्रयोग गर्दा ब्लुलाइट प्रोटेक्सनमा ध्यान दिने

(छाला रोग विशेषज्ञ डा. सविना भट्टराईसँगको कुराकानीमा आधारित )

कान्तिपुर संवाददाता

Link copied successfully