खोकी लामो समयसम्म रहिरह्यो वा ज्वरो, चिसो बढ्ने जस्ता समस्या देखा परेमा डाक्टरको सल्लाह लिनु अत्यावश्यक हुन्छ । तर यसलाई कम गर्न केही यस्ता घरेलु उपायहरू छन्, जसले छिटो समयमा नै आराम दिन सक्छन् ।
What you should know
काठमाडौँ — लगातार सुख्खा खोकी लाग्नु एउटा स्वास्थ्य समस्या मानिन्छ । यो प्रायः संक्रमणका कारण हुने गरेको भए पनि एलर्जी, धुलो, धुवाँ, प्रदूषण, परागकण, ढुसी आदिका कारण पनि हुन सक्छ ।
यदि खोकी लामो समयसम्म रहिरह्यो वा ज्वरो, चिसो बढ्ने जस्ता समस्या देखा परेमा डाक्टरको सल्लाह लिनु अत्यावश्यक हुन्छ । तर यसलाई कम गर्न केही यस्ता घरेलु उपायहरू छन्, जसले छिटो समयमा नै आराम दिन सक्छन् ।
मह
मह पुरानो र प्रभावकारी घरेलु उपचार हो । यसले ब्याक्टेरिया तथा भाइरसविरुद्ध काम गर्छ । दिनमा ३ पटकसम्म मह खान सकिन्छ । तातो पानी वा जडीबुटी चियामा मिसाएर पनि पिउन सकिन्छ ।
बेसार
बेसारमा भाइरस र ब्याक्टेरियाविरुद्ध लड्ने गुण हुन्छ । तातो दूधमा १ चम्चा बेसार मिसाएर राति सुत्नुअघि पिउनाले खोकी कम गर्न मद्दत गर्छ ।
अदुवा
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र खोकीको मात्रा घटाउन मद्दत गर्दछ । तातो पानीमा आधा चम्चा अदुवा धुलो मिसाएर दिनमा ३ पटक पिउन सकिन्छ । मह र अदुवाको रस मिसाएर पनि लिन सकिन्छ ।
बाफ लिनु
बाफले सुख्खा नाक र घाँटीलाई ओसिलो बनाउँछ र खोकी कम गर्छ । तातो पानीको भाँडोमा निलगिरी तेल, रोजमेरी वा टि–ट्री तेलका केही थोपा हालेर ५ मिनेट बाफ लिनाले सहज महसुस हुन्छ ।
नुनपानीले कुल्ला
नुनपानीले घाँटी सुन्निने समस्या र जलनमा राहत दिने काम गर्छ । तातो पानीमा आधा चम्चा नुन मिसाएर दिनमा २–३ पटक कुल्ला गर्नाले छिटो आराम मिल्छ ।
थाइम चिया
थाइमले घाँटीका मांसपेशीलाई आराम दिन्छ र खोकी कम गर्छ । निरन्तर खोकी लागेको अवस्थामा दिनमा २ पटक थाइम चिया पिउनुपर्छ । स्वादका लागि मह वा कागती मिसाएर पनि पिउन सकिन्छ ।
मसला चिया
दालचिनी, कालो मरिच, ल्वाङ र अदुवा मिसिएको मसला चियाले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । दिनमा १–२ पटक मसला चिया पिउन सकिन्छ ।
पुदिना
पुदिनामा रहेको मेन्थोलले नाक खुला गर्छ र घाँटीलाई शान्त पार्छ । उमालेको पानीमा पुदिनाका पात हालेर बाफ लिँदा खोकी कम हुन्छ ।
खुर्सानी
खुर्सानीमा रहेको क्याप्साइसिनले घाँटीको दुखाइ कम गर्छ र बलगम पगाल्न मद्दत गर्दछ । यसलाई थोरै मात्रामा स्याउको सिरका र पानीसँग उमालेर सेवन गर्न सकिन्छ ।
पेपरमिन्ट तेल
पेपरमिन्ट तेलमा चिसोपन दिने गुण हुन्छ, जसले मांसपेशीलाई आराम दिन्छ । बाफ लिने क्रममा केही थोपा पेपरमिन्ट तेल हालेर बाफ लिन सकेमा खोकी कम गर्न सहयोग पुग्छ ।
