मोबाइलका कारण बच्चाहरूमा बाहिरफेर खेल्ने बानी घट्दै गएको छ, जसका कारण उनीहरूको शारीरिक र मानसिक विकासका बाधा पुगेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
What you should know
काठमाडौँ — लकडाउनको समयमा बच्चाहरूको अनलाइन पढाइ मोबाइलमार्फत सुरु भयो । अनलाइन कक्षाका कारण अभिभावकहरूले आफ्ना बच्चाहरूका लागि छुट्टै मोबाइल किनिदिए ।
यसरी पढाइको बहानामा किशोर–किशोरीहरूको हातमा मोबाइल पुग्यो । बच्चाहरूले यसको दुरुपयोग गर्न थाले । साना–साना बच्चाहरूसमेत इन्स्टाग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालमा सक्रिय हुन थाले । मोबाइलका कारण बच्चाहरूमा बाहिरफेर खेल्ने बानी घट्दै गएको छ, जसका कारण उनीहरूको शारीरिक र मानसिक विकासका बाधा पुगेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
विश्व स्वास्थ्य संगठन दुई वर्ष भन्दा मुनिका बच्चाहरूको स्याहार–सुसारका क्रममा स्क्रिन प्रयोग नगर्न सिफारिस गर्छ भने दुई वर्षदेखि चार वर्ष उमेरसम्मका बच्चाहरूलाई अभिभावक वा सुसारेको निगरानीमा दिनमा १ घण्टाभन्दा बढी स्क्रिन टाइम नदिन सुझाउँछ ।
मोबाइलको प्रयोगले बच्चाहरूको स्वास्थ्यमा पर्ने असरहरू:
–लामो समयसम्म स्क्रिन हेर्दा बच्चाहरूमा आँखा हुने सुख्खा हुने, नजिक नदेख्ने जस्ता समस्या देखिन थालेका छन् ।
–राति मोबाइल प्रयोग गर्दा मेलाटोनिन हर्मोन प्रभावित हुन्छ, जसका कारण अनिद्राको समस्या बढ्छ ।
–मोबाइलमा धेरै समय बिताउँदा शारीरिक गतिविधि घट्छ, जसले बच्चाहरूमा मोटोपन बढाइरहेको छ ।
–सामाजिक सञ्जाल र गेमको लतले बच्चाहरूमा तनाव र चिन्ताका लक्षणहरू देखिन थाल्छन् ।
–अत्यधिक स्क्रिन टाइमले बच्चाहरूको ध्यान केन्द्रित गर्ने क्षमता घट्छ, जसको असर पढाइमा पर्छ ।
–हिंसात्मक खेल वा अश्लील सामग्रीले बच्चाहरूको व्यवहारमा यौन विकृति र आक्रामकता बढाइरहेको छ ।
–मोबाइलमा धेरै समय बिताउँदा बच्चाहरू परिवार र साथीभाइबाट टाढा हुन थाल्छन्, जसका कारण उनीहरूमा सामाजिक भावना विकास हुन सक्दैन ।
–मोबाइलको लतले बच्चाहरू भावनात्मक रूपमा कमजोर बन्दै गएका छन् । भर्चुअल संसारमा बाँच्ने बच्चाहरू वास्तविक जीवनका चुनौती सामना गर्न सक्षम नहुन सक्छन् ।
