पुरुषका ५ स्टाइलिस ह्याट 

औपचारिक अवसरदेखि दैनिक भेटघाटसम्म, सही टोपीको छनोटले व्यक्तित्वमा फरक ल्याउन सक्छ ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

5 stylish hats for men

काठमाडौँ — पुरुषका पहिरनमध्ये टोपी पनि एक हो, जसले व्यक्तित्वलाई पनि अर्थ दिन्छ ।

तपाईं स्टाइलिस टोपी/ह्याट खोज्दै हुनुहुन्छ भने यी विकल्प हुन सक्छन् ।औपचारिक अवसरदेखि दैनिक भेटघाटसम्म, सही टोपीको छनोटले व्यक्तित्वमा फरक ल्याउन सक्छ । 

१. एस्कट

एस्कट क्याप सान र परिष्कारको प्रतीक हो । यसलाई कफलिस क्याप पनि भनिन्छ । यसमा प्रायः कडा बुनेको किनार र नरम गोल आकृतिको क्राउन हुन्छ । यो क्याप ऊन, ट्विड वा छालाबाट बनाइन्छ । यसको प्रयोग दैनिक भेटघाटदेखि औपचारिक अवसरसम्म लगाउन सकिन्छ । 

२. बोएटर 

बोएटर टोपी पुरानो र क्लासिक शैलीको टोपी हो, जुन गर्मी मौसममा विशेष लोकप्रिय छ । कपास, ऊन, वा कृत्रिम रेशमबाट यो बनेको हुन्छ । बाहिरी कार्यक्रम, पिकनिक, विवाह, डुंगा यात्रा वा दैनिक साधारण प्रयोग गर्न सकिन्छ । 

३. बकेट

बकेट टोपीलाई पुरानो टोपीको रुपमा लिइन्छ । यो कपास, डेनिम, नाइलोन, पोलिस्टर, छालाबाट बनेको हुन्छ । हल्का र आरामदायी, पछाडिको पट्टीले आकार मिलाएर लगाउन सकिन्छ । स्टाइलिस क्याजुअल लुक, जिन्स वा साधारण कपडासँग लगाउँदा राम्रो देखिन्छ । 

४. फ्ल्याट

यो भिन्टेज आकर्षण र परम्परासँग मिल्ने क्लासिक ब्रिटिस टोपी हो । यसको आकार गोलो र अगाडि सानो हुन्छ । कपास, ऊनबाट बनेको यो टोपी क्याजुअल पोसाकदेखि स्मार्ट ड्रेससम्म लगाउन सकिन्छ । 

५. फेडोरा

फेडोरा शताब्दीभन्दा लामो समयदेखि पुरुषहरूको स्टाइलिस टोपीका रूपमा लोकप्रिय छ । फराकिलो किनार, क्रिन्ट क्राउन आकारको हुन्छ । कुनै पनि अवसरमा औपचारिक वा क्याजुअल पोसकमा यो सुट हुन्छ । यो लगाउँदा आत्मविश्वासी र स्टाइलिस देखिन्छ । 

कान्तिपुर

Link copied successfully