अहिले नै घर बेच्न तयार हुनुहुन्छ वा विचार मात्र गर्दै हुनुहुन्छ भने यी केही सुझावले तपाईंलाई स्पष्ट योजना बनाउन मद्दत गर्नेछन् ।
What you should know
काठमाडौँ — घरसँग हरेकको भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ । घर बेच्ने तयारी गर्दा धेरै कुरामा अलमलन हुन सक्छ ।
तपाईं अहिले नै घर बेच्न तयार हुनुहुन्छ वा विचार मात्र गर्दै हुनुहुन्छ भने पनि तलका केही सुझावले तपाईंलाई स्पष्ट योजना बनाउन र आफ्नो घरलाई खरिदकर्ताका लागि आकर्षक बनाउन मद्दत गर्नेछ ।
घर बिक्री र त्यसपछि नयाँ घर किन्नका लागि आर्थिक योजना बनाउनु अत्यन्तै महत्वपूर्ण हुन्छ । बैंक वा ऋणदातासँग कुरा गरेर आफ्नो आगामी खरिद योजनाका लागि कति रकम आवश्यक पर्छ भन्ने बुझ्ने । जस्तै: हालको घरमा रहेको इक्विटी, क्लोजिङ लागत, सर्ने खर्च, सम्झौताअनुसार गर्नुपर्ने मर्मत र सुधार खर्चजस्ता कुराको आर्थिक योजना बनाउने ।
कुनै पनि घर बिक्रीमा बाहिरी देखावट सबैभन्दा महत्वपूर्ण कुरामध्ये एक हो, यो त्यस्तो क्षेत्र हो जुन घरधनीले आफैं सजिलै सुधार गर्न सक्ने कुरा पनि हो । बिक्रीका लागि तयार गरेको घरलाई सफा र आकर्षक देखाउने । जस्तै: बगैंचा राम्रो बनाउने, घर रंग्याउने, झ्याल र ढोका मर्मत गर्ने ।
घर बेच्ने योजना बनाउँदा सुरुवातबाट होइन, तपाईंको रियल इस्टेटको अन्तिम लक्ष्यबाट सुरु गर्नुहोस् र त्यसपछि उल्टो हिसाबले योजना बनाउनुहोस् । तपाईं घर किन बेच्दै हुनुहुन्छ ? के बुढाबुढा अभिभावकलाई सँगै राख्न थप ठाउँ चाहिएको हो ? अथवा रोजगारी गुम्दा वा आर्थिक समस्या आएपछि घर बेच्न लाग्नुभएको हो ? आफू के चाहनुहुन्छ भन्ने कुरा स्पष्ट गर्ने र त्यसलाई सम्भव बनाउन घर बिक्रीबाट कति रकम आउनुपर्छ र त्यो कहाा लगानी गर्ने भन्ने कुरा सुनिश्चित गर्ने ।
अनलाइनबाट घर बेच्नका लागि
- भिडियोमार्फत घर देखाउने
- ड्रोन भिडियो प्रयोग गर्ने
- प्रोफेसनल फोटो प्रस्तुत गर्ने
- घरको विस्तृत विवरण दिने
- छुट्टै प्रोपर्टी वेबसाइट निर्माण गर्ने
