जाडोयाममा बढ्यो पी कोटको क्रेज

हेर्दा आकर्षक, तातो र हरेक कपडासँग मिलाएर स्टाइल गर्न सकिने भएकाले पी कोटको क्रेज बढ्दै गएको हो ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

The craze for pea coats increases in winter

What you should know

काठमाडौँ — जाडो बढेसँगै विविध स्टाइलका कपडाहरू लगाउने ट्रेन्ड पनि बढेको देख्न सकिन्छ । युवायुवतीहरू जाडोमा तातो हुने कपडा मात्र नभएर स्टाइलिस कपडाहरू लगाउन रुचाउने हुँदा फरक फरक रंग र डिजाइनका कपडाहरू बजारमा देख्न सक्छौँ ।

त्यहीमध्ये यो वर्ष युवाहरूको रोजाइमा परेको छ पी कोट । यो कोट युवापुस्ताको सबैभन्दा धेरै रोजाइमा परेको छ । पी कोट हेर्दा आकर्षक, तातो र हरेक कपडासँग मिलाएर स्टाइल गर्न सकिने भएकाले पनि अहिले पी कोटको क्रेज बढ्दै गएको हो ।

यसको क्रेज नेपालमा मात्र नभएर विश्वव्यापी रूपमा रहेको सामाजिक सञ्जालमार्फत देख्न सकिन्छ । अन्तर्राष्ट्रिय कलाकारदेखि, इन्फ्लुएन्सर सम्मको रोजाइमा परेको पी कोट फेसन ट्रेन्ड फलो गर्न रुचाउने हरकोहीको मनपर्ने कोटमा परेको छ । बजारमा देखिने पी कोटसँगै सामाजिक सञ्जाल टिकटक, फेसबुक, इस्टामा देखिने पी कोटमा रिल्स र भिडियोले पनि सबैलाई आकर्षक गर्ने गरेको देखिन्छ । सञ्जालमा देखिएको जस्तै पी कोट खोज्न चाहने धेरै हुन्छन् ।

पी कोट पश्चिमा मुलुकहरुमा भने यसको ट्रेन्ड वर्षौं पहिलादेखि चलेको देख्न सकिन्छ । महिला र पुरुष दुवैको लागि पाइने पी कोट युवाको मात्र नभएर सबैको रोजाइमा परेको देख्न सकिन्छ ।  

पी कोट स्मल साइजदेखि ओभरसाइज दुवैमा पाउन सकिन्छ । हाफ, क्रप र फुल सबै खालको पी कोट बजारमा पाइन्छन् । आफूले चाहेअनुरुपको शैलीमा सजिलै लगाउन सकिने भएर पनि धेरैको रोजाइमा परेको हो । रंगको आधारमा निकै आकर्षक पाउने भएर पनि यो अरुभन्दा भिन्न र आकर्षक देखिन्छ ।

पी कोट हेर्दा साधारण तर लाउँदा निकै आकर्षण देखिन्छ । पी कोटका प्रकारमध्ये पनि अहिले धेरैको रोजाइमा परेको भने क्रप पी कोट हो । नेभी ब्लु, ब्राउन, ब्ल्याक, डार्क गरी उक्त कलरको सबैभन्दा धेरै क्रप पी कोट ट्रेन्डमा छन् । तर त्यसलगायत अन्य कलरमा पनि बजारमा पाउन सकिन्छ ।

पी कोट कसरी स्टाइल गर्ने ?

–उक्त कोट लगाउँदा नेक कभर गर्न मिल्छ । त्यसले जाडोमा तातो त हुन्छ नै साथै स्टाइलिस पनि देखिन्छ ।

–नेक कभर नगरी बटन लगाएर वा  बटन खोलेर पनि स्टाइल गर्न सकिन्छ ।

–भित्र सेतो वा अन्य रंगको हाइनेक वा टिर्सट लगाएर बाहिरबाट पी कोट लगाउन सकिन्छ ।

–भित्र कार्डिगन लगाएन बाहिर पी कोटले स्टाइल गर्न सकिन्छ  ।

–पी कोट लगाएर जिन्स र बुटसँग क्याजुयल लुक क्रेट गर्न सकिन्छ ।

–फर्मल पाइन्ट र स्वटेरसँग अफिस, मिटिङ लुक पनि क्रेट गर्न सकिन्छ ।

अफिस जाँदा होस् वा कलेज, वा कुनै मिटिङ, साथीसँग घुमघाम हरेक कुरामा पी कोटलाई लगाउन सकिन्छ ।

यसको मूल्य भने क्वालिटी र ब्रान्ड अनुसार फरक फरक मूल्यमा उपलब्ध छन् । १५ सयदेखि ९ हजारसम्म वा त्योभन्दा बढी मूल्यका पनि पी कोट पाइन्छन् ।

पी कोट युरोपतिर १९ औं शताब्दीमा आएको मानिन्छ । यसलाई बेलायती र अमेरिकी नौसेनाले पोसाकको रूपमा प्रयोग गरेपछि भने अन्य व्यक्तिमा पनि पी कोटको क्रेज बढेको भन्ने मान्यता छ ।

–पोखरामा शिशुवास्थित स्रीसु कलेक्सनकी सृष्टि लामिछानेसँग गरिएको कुराकानीमा आधारित

कान्तिपुर

Link copied successfully