साना अपार्टमेन्टलाई विशाल देखाउने यी टिप्स

सही डिजाइनसहितको सोच अपनाएमा सानो ठाउँ पनि खुला, उपयोगी र सुन्दर बनाउन सकिन्छ ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

These tips will make a small apartment look bigger

काठमाडौँ — सानो तर आरामदायी अपार्टमेन्ट सहरमा सामान्य बन्दै गएको छ । एउटै कोठाले दिनभरि बैठक, डाइनिङ र भान्साको काम गर्छ । तर सही डिजाइनसहितको सोच अपनाएमा सानो ठाउँ पनि खुला, उपयोगी र सुन्दर बनाउन सकिन्छ ।

फर्निचरलाई प्राथमिकता दिने

सोफा–कम–बेड, नेस्टिङ कफी टेबल वा बढाउन मिल्ने डाइनिङ टेबल प्रयोग गर्ने । एउटै सामानले धेरै काम गर्दा ठाउँ बचत हुन्छ ।

भर्टिकल स्पेसको प्रयोग गर्ने

भुइँ नढाकिने गरी अग्ला सेफ, फुल–हाइट क्याबिनेट वा लुकेको स्टोरेज भएको वाल प्यानल प्रयोग गर्ने । यसले कोठा ठूलो देखिन्छ । 

रंग ख्याल गर्ने 

हल्का रंग, सौम्य न्यूट्रल टोन, फिक्का काठ र नरम टेक्स्चरले घरलाई खुला र शान्त देखाउँछ । 

स्मार्ट ढोका प्रयोग गर्ने

जहाँ सम्भव छ, ढोकाको सट्टा स्लाइडिङ ढोका प्रयोग गर्ने बेडरुम, बाथरुम र किचनमा धेरै उपयोगी हुन्छ । 

ऐना राख्नुहोस्

वार्डरोबको सटर वा भित्तामा ऐना राख्दा प्रकाश प्रतिबिम्बित हुन्छ र कोठा गहिरो तथा ठूलो देखिन्छ । 

बिल्ट–इन स्टोरेज समावेश गर्ने

झ्यालको सिटमुनि दराज, बेडमुनि स्टोरेज र भित्तादेखि भित्तासम्मको वार्डरोबले खाली ठाउँ सदुपयोग गर्छ ।

सजावटमा ध्यान दिने

धेरै साना सजावटभन्दा एउटा बोल्ड आर्टवर्क, स्टेटमेन्ट लाइट वा फरक कुर्सी रोज्ने । घर सफा र आकर्षक देखिन्छ ।

कुनाहरूलाई उपयोगी बनाउने

खाली निस्केका कुनामा रिडिङ कर्नर, सानो वर्कस्टेसन वा मिनी बार सेटअप गर्न सकिन्छ ।

स्मार्ट लाइटिङमा लगाानी गर्ने

कोभ लाइटिङले नरम उज्यालो दिन्छ, वाल स्कोन्सले ठाउँ बचाउँछ, र स्लिम फ्लोर ल्याम्पले घरलाई हल्का देखाउँछ । 

कान्तिपुर

Link copied successfully