घरपालुवा जनावरसँगको सामीप्यले बढाउँछ ऊर्जा

घरपालुवा जनावरसँगको सामीप्यले शरीरमा स्फूर्ति ल्याउनुका साथै एक्लोपनबाट बचाउँछ ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Closeness with pets increases energy

What you should know

काठमाडौँ — घरपालुवा जनावरहरूले हाम्रो जीवनमा खुसी, साथ र स्वास्थ्यमा लाभ पुर्‍याउँछन् । मानसिक र शारीरिक स्वास्थ्य दुवैमा उनीहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ । उनीहरुसँगको सामीप्यले शरीरमा स्फूर्ति ल्याउनुका साथै एक्लोपनबाट बचाउँछ । जनावरसँगको निकट रहँदा केही यस्ता सकारात्मक पक्षहरु हुन्छन् जसले सकारात्मक भूमिका खेल्ने विज्ञहरुको भनाइ छ ।

शारीरिक स्वास्थ्यमा मद्दत

कुकुरजस्ता घरपालुवा जनावरलाई दैनिक हिँडडुल आवश्यक पर्छ । यसले हामीलाई पनि बाहिर निस्केर हिँड्न, दौडिन र सक्रिय रहन प्रेरित गर्छ । यसरी पाल्तु जनावरले हाम्रो फिटनेस सुधार्न मद्दत गर्छन् । 

एक्लोपन हुँदैन

घरमा एक्लै बस्दा वा परिवारसँग समय नमिल्दा एक्लोपन बढ्न सक्छ । तर पाल्तु जनावर हुँदा यस्तो महसुस हुँदैन। कुकुर र बिरालोले साथ दिन्छन्, कुरा सुन्छन् र माया देखाउँछन्  । 

तनाव र चिन्तामा कमी

व्यस्त जीवनमा तनाव धेरै हुन्छ । जनावरलाई माया गर्नु, बिरालोलाई सुम्सुम्याउनु वा माछा हेर्नुले मन शान्त हुन्छ । अध्ययन अनुसार, पाल्तु जनावर पाल्ने मानिसको रक्तचाप र तनाव कम हुने गर्छ । 

स्वास्थ्य समस्याको संकेत दिन सक्छन्

कुकुर र बिरालोको सुँघ्ने शक्ति तीव्र हुन्छ । उनीहरूले हाम्रो शरीरमा आएको सानो परिवर्तनसमेत महसुस गर्न सक्छन् । अचानक व्यवहार परिवर्तन देखिएमा उनीहरुले केही रोगको सुरुआती संकेत दिन सक्छन् । 

साथी बनाउन सहयोग गर्छन्

घरपालुवा जनावर भएका मानिसहरूबीच छिट्टै कुराकानी सुरु हुन्छ । पार्क वा सडकमा कुकुरसँग हिँड्दा नयाँ मानिससँग चिनजान र मित्रता बढ्न सक्छ । 

निष्ठा र साँचो मित्रता

जनावर अत्यन्तै निष्ठावान् हुन्छन् । उनीहरूको माया, साथ र विश्वासले परिवारको सदस्यजस्तै बनाउँछन्। उनीहरू केवल जनावर मात्र होइन, साँचो साथी पनि हुन् । 

कान्तिपुर

Link copied successfully