छालाको प्रकारअनुसार सही मिल्की टोनर छनोट गर्न सके जाडो मौसममा पनि छाला स्वस्थ, कोमल र चम्किलो राख्न सकिन्छ ।
What you should know
काठमाडौँ — जाडो मौसम सुरु भएसँगै छाला सुक्खा हुने, चमक हराउनेजस्ता समस्या धेरैलाई देखिन्छ । यसको प्रयोगका लागि अहिले सामाजिक सञ्जालमा ‘मिल्की टोनर’को चर्चा चल्न थालेको छ ।
बजारमा भारतीय, कोरियन ‘मिल्की टोनर’ लोकप्रिय बन्दै गएका छन् । टोनरको मुख्य काम छालाको नरमपन कायम राख्नु र चमक ल्याउनु हो । पानीजस्तै पातलो हुने परम्परागत टोनरभन्दा यी टोनर अलि गाढा, दूधजस्तै बनावटका हुन्छन् । छालाको प्रकारअनुसार सही मिल्की टोनर छनोट गर्न सके जाडो मौसममा पनि छाला स्वस्थ, कोमल र चम्किलो राख्न सकिन्छ ।
छालामा विशेषगरी जाडो मौसममा छालाको प्राकृतिक तेल घट्ने भएकाले यस्ता टोनर उपयोगी मानिन्छन् । यहाँ जाडोमा छालालाई हाइड्रेट राख्न सहयोग गर्ने पाँच लोकप्रिय मिल्की टोनरबारे चर्चा गरिएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित छ यो टोनर । यस टोनरमा करिब ७० प्रतिशत चामलको प्रयोग गरिएको भनिन्छ । जसले छालालाई मुलायम नमी दिनुका साथै सुक्खापन हटाउन मद्दत गर्छ । यसको प्रयोगपश्चात् छालामा प्राकृतिक चमक देखिन्छ र सुक्खापन कम हुन्छ ।
विशेषगरी अत्यन्तै सुक्खा र संवेदनशील छालाका लागि यो टोनर बनाइएको हो । सेरामाइड र प्यान्थेनोलले भरिएको यो टोनर बाक्लो र कुशनजस्तो बनावटको हुन्छ । यसले कमजोर भएको स्किन ब्यारियर मर्मत गर्नुका साथै छालाभित्रसम्म मुलायम बनाउन मद्दत गर्छ ।
यो भारतीय ब्रान्डको टोनर हो । नेपालमा पनि यसको प्रयोगकर्ता बढ्न थालेका छन् । यो टोनरमा एमिनो एसिड, ट्रेहालोज र विभिन्न हृयुमेक्टेन्ट्स प्रयोग गरिएका छन् । यसले छालामा हुने सुक्खापन कम गराउँछ । यसले छालालाई हाइड्रेसन दिलाउने गर्छ ।
यसले छालालाई चमक ल्याउनुका साथै जाडो मौसममा दैनिक रूपमा लेयर गरेर प्रयोग गर्न मिल्ने टोनरका रूपमा यो लोकप्रिय छ ।
‘क्रिम इन टोनर’ को अवधारणाले चर्चामा आएको टोनर हो यो । यो पग्लिएको मोइस्चराइजरजस्तो हुन्छ । जसले गर्दा छालामा सहजै सेट हुन्छ । जाडोमा छाला तन्किने, सुक्खा हुने समस्याका लागि यो प्रभावकारी मानिन्छ ।
