ट्रेन्डमा स्ट्रेट आईलाइनरदेखि डबल विंग्ड आईलाइनर

सही तरिकाले लगाइएको आईलाइनरले आँखालाई आकर्षक र भावपूर्ण देखाउँछ ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

From straight eyeliner to double winged eyeliner in trend

What you should know

काठमाडौँ — आँखाको सुन्दरता बढाउन आईलाइनरको महत्त्वपूर्ण भूमिका हुन्छ । सही तरिकाले लगाइएको आईलाइनरले आँखालाई आकर्षक र भावपूर्ण देखाउँछ । अहिले आईलाइनरमा पनि विभिन्न प्रकारका लुक्स दिन सकिन्छ ।

स्ट्रेट आईलाइनर, विंग्ड आईलाइनर, क्याट आईलाइनर, डबल विंग्ड आईलाइनर लगाायतका आईलानरहरु बनाउन सकिन्छ । यदि तपाईं पनि आफूलाई सुहाउँदो परफेक्ट आईलाइनर लगाउन चाहनुहुन्छ भने यी सजिला तरिकाहरू उपयोगी हुन सक्छन् । 

क्याट आईलाइनर

ग्ल्यामरस लुकका लागि क्याट आईलाइनर उत्कृष्ट मेकअप हो । यसमा अपर र लोअर लिड दुवैमा आईलाइनर लगाइन्छ । बाहिरतर्फ तानेर जोड्दै विंग बनाइन्छ । आईब्रसको सहायताले गाजल हल्का ब्लेन्ड गर्नुहोस् र आईस्याडाले फिनिसिङ टच दिएपश्चात यसले ग्ल्यामरस लुक दिन्छ ।

विंग्ड आईलाइनर

यो सबैभन्दा लोकप्रिय आईलाइनर स्टाइल हो । यसमा अपर लिडमा मात्र आईलाइनर लगाइन्छ र बाहिरतर्फ विंग बनाइन्छ । क्याट आईलाइनरजस्तै यसलाई लोअर लिडसँग जोड्नुपर्दैन । 

ग्लिटरी आईलाइनर स्टाइल

पहिले ग्लिटरी आईलाइनर नाइट पार्टी वा विशेष अवसरका लागि मात्र प्रयोग गरिन्थ्यो । तर अहिले यो डे लुकका लागि पनि प्रयोग गर्न सकिन्छ । ग्लिटरी आईलाइनर विंग्ड लुकमा निकै सुन्दर देखिन्छ र ओभर मेकअप पनि लाग्दैन । 

डबल विंग्ड आईलाइनर

डबल विंग्ड आईलाइनर स्टाइलमा अपर र लोअर लिड दुवैमा विंग बनाइन्छ । अपर लिडको विंग माथितर्फ र अलि ठूलो हुन्छ भने लोअर लिडको विंग तलतर्फ र सानो हुन्छ । यो लुक बोल्ड र स्टाइलिस देखिन्छ ।

मेटालिक आईलाइनर

मेटालिक आईलाइनर अहिले निकै ट्रेन्डमा छ र पार्टी वा इभिनिङ लुकका लागि उपयुक्त मानिन्छ । यसलाई आँखाको माथिल्लो भागमा बाहिरी कुनाबाट भित्रीतर्फ लगाउँदै विंग्डको लुक्स दिन सकिन्छ । 

स्ट्रेट आईलाइनर

स्ट्रेट आईलाइनर साधारण लुक मन पर्नेहरुलाई उपयुक्त मानिन्छ । यसमा कुनै कर्भ वा विंग नबनाई आँखाको भित्री भागबाट बाहिरतर्फ सिधा लाइन बनाइन्छ । 

बोल्ड आईलाइनर स्टाइल

बोल्ड लुक खोज्नेलाई बाक्लो आईलाइनर लगाउने गर्दछन् । यो स्टाइलले केही मिनेटमै तपाईंलाई ग्ल्यामरस बनाइदिन्छ र पार्टी लुकका लागि यो उपयुक्त मानिन्छ । 

कान्तिपुर

Link copied successfully