छाला सुक्खा हुन नदिन ध्युकुमारी–गुलाफ जलको मिश्रण 

छाला सुक्खा हुने समस्याका लागि ध्युकुमारीको जेल र गुलाफ जल काम आउनसक्छ ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

A mixture of Dhyukumari and rose water to prevent dry skin

एजेन्सी — जाडोमा मानिसहरुले छालासँग जोडिएका धेरै समस्याहरु सामना गरिरहेका हुन्छन् । छालामा एलर्जी आउने, फुट्नेलगायत समस्या यस समय देखिन्छ ।

केही घरेलु विधिको उपयोगले यस्ता समस्या टाढा राख्न पनि सहयोग गर्छ । जस्तो छाला सुक्खा हुने समस्याका लागि ध्युकुमारीको जेल र गुलाफ जल काम आउनसक्छ । 

ध्युकुमारीमा भिटामिन ए, सी,ई र बी १२ पाइन्छ, जसले छालालाई हाइड्रेट राख्ने काम गर्छ । यसमा रहेको एक्टिअक्सिडेन्टस्ले गहिराईसम्म पुगेर छालालाई मर्मत गर्ने काम गर्छ । यसले चायाँबाट पनि जोगाउँछ । 

अर्कोतर्फ, गुलाफ जलले छालालाई चिसो र ताजा राख्छ । यसमा भिटामिन ए, बी,सी, ई र फ्लेवोनोइडस् पाइन्छ । जसले छालामा पोषण दिन्छ र यसलाई नरम बनाइराख्छ । 

कसरी बनाउने ?

एक चम्चा ताजा एलोभेरा जेल लिने , यसमा दुई चम्चा गुलाफ जल मिसाउने । त्यसलाई मज्जाले मिश्रण गर्ने । यसमा विटामिन ई क्याप्सुललाई पनि मिसाउन सकिन्छ । यसले छालालाई थप मुलायम राख्छ ।

त्यस्तै, छालालाई चमकदार बनाउँछ । यस मिश्रणलाई एक स्प्रे बोतल वा कुनै पनि सफा बोतलमा भरेर फ्रिजमा राख्न सकिन्छ । झन्डै १५ दिनसम्म यस सिरमलाई प्रयोगमा ल्याउन सकिन्छ ।

यस सिरमलाई रातको समय मुख सफा गरिसकेपछि लगाउनु सबैभन्दा राम्रो हुन्छ । 

कान्तिपुर

Link copied successfully