टिकटक, इन्स्टाग्राम र फेसबुकमा सेलिब्रिटी तथा इन्फ्लुएन्सरहरूले कार्डिगन लगाएको तस्बिर र भिडियोका कारण बजारमा यसको माग र क्रेज उल्लेख्य रूपमा बढेको छ ।
What you should know
जाडो होस् वा गर्मी, हरेक मौसममा पहिरनका लागि धेरैको रोजाइ हो- कार्डिगन । अफिस जाँदा, घुमफिरमा, जाडोको समयमा, बिहे वा पार्टीमा समेत साडी, कुर्तासँग मिलाएर कार्डिगन लगाउन सकिन्छ ।
यसले क्लासिक, क्याजुअल र फेमिनिन लुक दिने भएकाले महिलाहरूको रोजाइमा कार्डिगन उपयुक्त पहिरनको रूपमा चिनिन्छ।
यतिबेला जाडो बढेसँगै कार्डिगन र स्वेटर क्रेज निकै बढेको देखिन्छ । जाडो मौसम सुरु हुनासाथ कार्डिगनको डिमान्ड धेरै नै बढेको छ ।
युवादेखि सबैको रोजाइमा परेको कार्डिगन र स्वेटर सहरका हरेक कपडा पसलमा फरक–फरक डिजाइन, रङमा भेटिन सक्छ। जस्तोसुकै पहिरनमा पनि सहज, न्यानो र सुन्दर देखिने भएकाले जेन–जीहरूले सबैभन्दा धेरै कार्डिगन खोज्ने गरेका छन् ।
महिला र पुरुष दुवैले लगाउन मिल्ने कार्डिगन बजारमा पाइन्छ। महिलामा मात्र नभएर पुरुषले पनि कार्डिगनको डिमान्ड गर्ने संख्या निकै छ ।
कार्डिगन हरेक पहिरनमा लगाउन सहज र आकर्षक देखिने भएकाले कलेज, अफिस, घुमघाम, पार्टी सबै स्थानमा आफूले लगाएको पहिरन अनुसार मिलाएर लगाउन सकिन्छ।
कार्डिगन बजारमा विभिन्न रङ, डिजाइनमा सजिलै पाउन सकिन्छ। मुख्यत: यसका तीन प्रकार छन्–
यसमा पनि हल्का खालको कार्डिगन जाडो वा गर्मी दुवैमा लगाउन सकिन्छ। गर्मीमा भित्र टी–सर्ट लगाएर बाहिर कार्डिगन लगाउन सकिन्छ। जाडोमा भने भित्र कार्डिगन लगाएर ओभरकोट, कोट, ज्याकेटसँग आकर्षक देखिने भएकाले यसरी पनि स्टाइल गर्न सकिन्छ। बाक्लो खालको कार्डिगन भने सजिलै जाडोमा हरेक पहिरनसँग मिलाएर लगाउन सकिन्छ।
कार्डिगन बटन भएको र नभएको दुवै प्रकारको पाउन सकिन्छ। अन्य कपडाभन्दा आकर्षक बटन र प्रिन्ट हुने भएकाले पनि युवालाई कार्डिगन विशेष लाग्ने गरेको छ ।
यसको मूल्य भने क्वालिटीले निर्धारण गर्छ । बजारदेखि अनलाइन स्टोरमा कार्डिगन सस्तोदेखि प्रिमियम मूल्यसम्म उपलब्ध छन्। सस्तोमा ५ सयदेखि ४ हजारसम्मका कार्डिगन पाइन्छ ।
अहिले सामाजिक सञ्जालले गर्दा कुनै अनलाइन स्टोरमा बढी मूल्य, कुनैमा कम राखिएको हुन्छ। ह्यान्डमेड धागोले बुनेको कार्डिगन बनाउन समय धेरै लाग्ने भएकाले अलि महँगो हुन्छ।
टिकटक, इन्स्टा र फेसबुकमा सेलिब्रिटीदेखि इन्फ्लुएन्सरले कार्डिगन लगाएको फोटो, भिडियोले गर्दा पनि युवाहरूमा कार्डिगनको क्रेज बढेको छ। धेरैजसो कलाकारले लगाएको फोटो लिएर नै युवाहरू त्यस्तै कार्डिगन खोज्न आउने गरेका छन्।
- पोखरा–लेखनाथस्थित सिताज कलेक्सनकी सीता दाहालसँग गरिएको कुराकानीमा आधारित
