कस्तो बेडसिट प्रयोग गर्ने ?

बजारमा सादा कपास, पोलिस्टरदेखि फेन्सी डिजाइनसम्मका बेडसिट उपलब्ध छन् । सुती कटन, खादीमा जयपुरी तन्ना उपलब्ध छन् । ‘फ्लोर प्रिन्ट’ ‘स्टार प्रिन्टेड’, ‘टिकटक प्रिन्टेट’ बेडसिटहरू नयाँ ट्रेन्डमा आउन थालेका छन् ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

What kind of bedsheet to use?

What you should know

काठमाडौँ — राम्रो बेडसिड भनेको कस्तो हुन्छ ? के यो रंग वा प्रिन्टका आधारमा मात्रै तय हुन्छ । आउनुस बजारमा कस्ता कस्ता बेडसिट पाइन्छन र कस्तो बेडसिट उपयुक्त हुन्छ भन्नेबारे बुझौं ।

बानेश्वरमा करिब १२ वर्षदेखि बेडसिट र कुसनको व्यापार गर्दै आएका राजु महर्जनका अनुसार बेडसिटहरू मूल्य र ब्रान्डअनुसार ग्राहकहरूको रोजाइमा पर्ने गरेका छन् । उनका अनुसार बजारमा सादा कपास, पोलिस्टरदेखि फेन्सी डिजाइनसम्मका बेडसिट उपलब्ध छन् । सुती कटन, खादीमा जयपुरी तन्ना उपलब्ध छन् । ‘फ्लोर प्रिन्ट’ ‘स्टार प्रिन्टेड’, ‘टिकटक प्रिन्टेट’ बेडसिटहरू नयाँ ट्रेन्डमा आउन थालेका छन् । 

सादा कपासका बेडसिट
नेपाली बजारमा धेरै बिक्री बेडसिटमध्ये हो सादा कपासबाट निर्मित बेडसिट । यो नरम र दीर्घकालीन टिकाउ हुने भएकाले पनि धेरै ग्राहकको रोजाइ रहेको व्यापारीहरू बताउँछन् । यो लामो समयसम्म टिक्छ र यसको मूल्य बजारमा ८ सयदेखि ३ हजार रुपैयाँसम्म पर्छ । सिंगल र डब्बल प्रयोग हुने यी तन्नाहरू प्रायः चीनबाट आयात हुने गरेका छन् ।

पोलिस्टर वा मिक्स बेडसिट
पोलिस्टरबाट निर्मित बेडसिटहरू कम मूल्यमा पाउन सकिन्छ । यसको मूल्य ४ सयदेखि १२ सम्म पर्छ । यस्तो तन्ना विशेषगरी चिसो मौसममा प्रयोग गरिन्छ । यसले पसिना सोच्ने भएकाले पनि गर्मी हुनबाट बचाउँछ । बजारमा यसको मूल्य ५ सयदेखि १ हजार ५ सयसम्म पाउन सकिन्छ ।

फेन्सी बेडसिट
यसका बेडसिटहरू डिजाइनयुक्त हुन्छन् । आकर्षक डिजाइनिङ हुने यी बेडसिट विशेषगरी सजावटमा प्रयोग हुने गरेका छन् । विशेष अवसर र पाहुनाका लागि यी तन्नाहरू खरिद गरिन्छ । यिनीहरूको मूल्य ४ हजारसम्म पर्छ ।

प्रिन्टेड डिजाइन बेडसिट
पछिल्लो समय बेडसिटहरू विभिन्न रङ र प्रिन्टमा उपलब्ध हुन थालेका छन् । आधुनिक लुक दिन चाहनेका लागि यस्ता बेडसिट रोजाइमा पर्ने गरेका छन् । कपास र पोलिस्टरदेखि स्थानीय लुक्समा यी बेडसिट उपलब्ध छन् । 

नेपाली बेडसिट
नेपालमा पनि मौलिकता झल्काउने किसिमका बेडसिट उत्पादन भइरहेका छन् । विशेषगरी शतप्रतिशत कपासद्वारा निर्मित बेडसिट बजारमा पाइन्छन् । यी बेडसिटमा रङ नजाने, भुवा नआउने जस्ता विशेषता छन् । यी बेडसिटहरूको साइजअनुसार मूल्य फरक छ । यिनीहरूको मूल्य ९ सयदेखि ३ हजारसम्म पर्छ ।

राजस्थानी बेडसिट
नेपाली बजारमा राजस्थानी जयपुरी, बक्बई बेडसिट चल्तीका बेडसिट हुन् । यी प्रख्यात ब्रान्डहरूले स्थापित बेडसिटहरूको लोकप्रियता कम भएको छैन । ग्राहकहरूले यी बेडसिटखोजिरहने व्यापारीहरू बताउँछन् । कटनबाट निर्मित यस्ता बेडसिटहरूको मूल्य २ हजारभन्दा माथि पर्छ । सिंगल वा डब्बल दुवैलाई उत्तम हुने यी बेडसिटको साइजअनुसार मूल्य निर्धारण गरिएको छ । 

कान्तिपुर

Link copied successfully