कूल देखिन समर स्कार्फ

असार २५, २०८२

कान्तिपुर संवाददाता

Cool looking summer scarf

काठमाडौँ — समर स्कार्फ अहिले युवा पुस्तामाझ ट्रेन्डमा छ । सिल्क, कटन, लिनन, सिफन तथा अन्य मेटेरियल्समा पाउने स्कार्फ विभिन्न रङ र डिजाइनका पाउन सकिन्छ । 

गर्मीमा होस् या जाडोमा विभिन्न तरिकाले उपयोगमा ल्याउन र पोसाकलाई अझै स्टाइलिस बनाउन पनि मिल्ने भएकाले स्कार्फलाई सदाबहार प्रयोग गर्न मिल्छ । स्कार्फ मौसम अनुसार जाडो र गर्मीको लागि फरक प्रकार डिजाइनमा बजारमा पाउन सकिन्छ ।

अहिले नयाँ शैली र डिजाइनमा गर्मीमा प्रयोग गर्न मिल्ने समर स्कार्फ ट्रेन्डमा छ र बजारमा प्रशस्त मात्रामा देख्न सकिन्छ । सेलिब्रिटी,फेसन इन्फ्लुएन्सरदेखि सर्वसाधारणको रोजाइमा समर स्कार्फ देखिन्छ । 

समर स्कार्फ बुट्टा भरेको वा साधा बुट्टा नभरेको विभिन्न रंगका स्कार्फ सेतो, रातो, पहेलो, हरियो, निलो हुन्छन् । समर स्कार्फको मूल्य स्कार्फको लम्बाइ र कपडाको प्रकार हेरेर फरक फरक हुने कपडा व्यवसायी शशिकला बुढाथोकी बताउँछिन् । अन्य कपडाको तुलनामा समर स्कार्फ सस्तो मूल्यमा बजारमा पाउने शशि बताउँछिन् । उनी भन्छिन्,‘कपडा पनि राम्रो हुन्छ हलुका पनि जस्तो कपडामा पनि डिजाइन गर्न मिल्ने  लिएर हिँड्न पनि सजिलो २ सय देखि ८०० सम्म क्वालिटी हेरेर हुन्छ । तर अन्य कपडाको तुलनामा यो स्कार्फ निकै नै सस्तो हो ।’ 

समर स्कार्फको प्रयोग 

–स्कार्फलाई विभिन्न प्रकारका हेयर डिजाइन गर्न र हेयरस्टाइल गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ ।

–समर स्कार्फ कपाललाई धुलो र हावाबाट बचाउनलाई प्रयोग गर्न सकिन्छ । 

–विभिन्न रंगका सर्ट,टी–सर्टमा स्टाइल गर्न सकिन्छ । पाइन्ट र वानपिसमा पनि बेल्टको आकार दिएर स्टाइल गर्न सकिन्छ । 

–सर्टमा स्कार्फ इस्टाइल गर्ने तरिकामध्यको एक हो टाईशैली । यसलाई सर्टमा टाई शैलीमा डिजाइन गर्न सकिन्छ । 

–स्कार्फलाई सर्टको बटनमा गाँठो पारेर पनि डिजाइन दिन सकिन्छ ।  

–सानो स्कार्फलाई आफ्नो ब्यागमा बाधेर वा हातमा घडीझैँ बाँधेर पनि डिजाइन गर्न सकिन्छ । 

–हेयर स्टाइल गर्दा स्कार्फको प्रयोगले बोल्ड र आकर्षक देखाउने भएकाले समर स्कार्फ बेस्ट हुन्छ ।

उज्यालो रङ भएका स्कार्फले सेतो सर्ट वा अन्य रङका कपडालाई आकर्षक बनाउँन मद्दत गर्छ । सिल्क स्कार्फहरु अन्य स्कार्फको तुलनामा बढी ट्रेन्डमा छन् किनभने विभिन्न डिजाइन गर्न सजिलो र हेर्दा आकर्षक देखिने भएकाले सिल्क स्कार्फको क्रेज युवापुस्ता माझ बढ्दो छ । 

–कपडा व्यवसायी शशिकला बुढाथोकीसँग आरजु सत्यालले गरेको कुराकानीमा आधारित

कान्तिपुर संवाददाता

Link copied successfully