दुबीको समस्या भएकाहरूले छालाको हेरचाह कसरी गर्ने ?

दुबी कुनै ठूलो रोग त होइन तर दुबी देखिएकाहरूले छालाको स्याहारमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

असार २३, २०८२

प्रशान्त माली

How to take care of the skin for those with acne problems?

काठमाडौं — छालामा हुने दुबी नयाँ समस्या होइन । छालालाई कालो र खैरो रङ प्रदान गर्ने कोषिका ‘मेलानोसाइट’ को मृत्यु भएमा छालाले प्राकृतिक रङ गुमाउँछ । र दुबी देखिन्छ । मेलानोसाइटको अभावमा कसैको छालाको रङ गोरो हुन्छ त कसैको कालो । दुबी कुनै ठूलो रोग त होइन तर दुबी देखिएकाहरूले छालाको स्याहारमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

छालाको हेरचाह कसरी गर्ने ? 

के नगर्ने ? 

के यसको उपचार छ ? 

दुबी आफैमा कुनै ठूलो समस्या होइन । यसको उपचार नै नगरे पनि ठूलो जोखिमको खतरा छैन । तर कतिपयले सौन्दर्यको कारण देखाउँदै यसको उपचार गर्न रुचाउँछन् । कतिपयले भने दुबीजन्य समस्याबारे हाम्रो सामाजिक बुझाइका कारण मानसिक समस्या पनि झेलिरहेका हुन्छन् । बालबालिकामा दुबी देखिए तुरुन्त उपचार गर्दा छिट्टै निको हुन्छ । उमेर बढदै जाँदा भने निको हुने समय लाग्न सक्छ ।

दुबीको उपचारका लागि चिकित्सकको सल्लाहबमोजिम मलम लगाउन सकिन्छ । फोटो थेरापी, शल्यक्रिया, लेजर थेरापी, मेलानोसाइट प्रत्यारोपणलगायत गर्न सकिन्छ । 

- छाला तथा यौनरोग विषेशज्ञ डा. अनुपमा कार्कीसँगको कुराकानीमा आधारित ।

प्रशान्त

Link copied successfully