यी हार्मोनले महिलामा ब्रेन ट्युमरको जोखिम बढाउँछ

जेष्ठ २९, २०८२

एजेन्सी

These hormones increase the risk of brain tumors in women

काठमाडौँ — पुरुषहरूको तुलनामा महिलाहरूमा निश्चित प्रकारका ट्युमरहरूको जोखिम बढी हुन्छ । विज्ञहरू भन्छन्– प्रजननका वर्षहरूमा हुने हार्मोनल परिवर्तनहरूले यसमा महत्त्वपूर्ण भूमिका निभाउँछन् ।

पुरुष र महिला दुवैलाई ब्रेन ट्युमरको जोखिम हुन्छ । तर केही ट्युमर महिलाहरूमा बढी सामान्य हुन्छन्, विशेष गरी उनीहरूको प्रजनन वर्षहरूमा । महिलाहरूको शरीरले जीवनभर धेरै हार्मोनल परिवर्तनहरू पार गर्छ - जस्तै महिनावारी, गर्भावस्था र रजोनिवृत्ति । यसमा, एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनले मुख्य भूमिका खेल्छन्, जसले शरीरका धेरै प्रक्रियाहरूलाई नियन्त्रण गर्दछ, जसले तपाईंको मस्तिष्कलाई पनि असर गर्न सक्छ ।

अनुसन्धानका अनुसार केही ब्रेन ट्युमरहरू, विशेष गरी मेनिन्जियोमा, महिलाहरूमा बढी सामान्य हुन्छन् र यौन हार्मोनहरूको लागि रिसेप्टरहरू हुन्छन् । यी हार्मोनल परिवर्तनहरूले ट्युमरको वृद्धिलाई असर गर्न सक्छ ।

मेनिन्जियोमा ब्रेन ट्युमर भनेको के हो?

मेनिन्जियोमा मस्तिष्क र मेरुदण्डलाई ढाक्ने सुरक्षात्मक झिल्लीबाट उत्पन्न हुने ब्रेन ट्युमर हो । यो सामान्यतया क्यान्सरजन्य हुँदैन । यो ट्युमर पुरुषको तुलनामा महिलाहरूमा लगभग दोब्बर देखिन्छ ।

ब्रेन ट्युमर र हार्मोनबीचको सम्बन्ध

विज्ञहरू भन्छन्– धेरैजसो मेनिन्जियोमामा एस्ट्रोजेन र प्रोजेस्टेरोन रिसेप्टरहरू फेला परेका छन्, जसले यी हर्मोनहरूले ट्युमरको वृद्धिलाई असर गर्न सक्छन् भन्ने कुरा स्पष्ट पार्छ । यसबाहेक, गर्भावस्था वा हार्मोन रिप्लेसमेन्ट थेरापीको समयमा केही महिलाहरूमा ट्युमर बढ्दै गएको देखिएको छ ।

अन्य ब्रेन ट्युमर र लिङ्ग भिन्नताहरू

यद्यपि मेनिन्जियोमाहरू हार्मोनसँग प्रत्यक्ष रूपमा सम्बन्धित देखाइएको छ । ग्लियोमा जस्ता अन्य ब्रेन ट्युमरहरू पुरुषहरूमा अलि बढी सामान्य मानिन्छन् । हार्मोनको प्रभाव ट्युमरको प्रकारमा निर्भर हुने विज्ञहरु बताउँछन् । 

यी महिलाहरू बढी जोखिममा हुन्छन्

महिनावारी, गर्भावस्था वा रजोनिवृत्ति जस्ता सामान्य हार्मोनल परिवर्तनहरूले महिलामा ब्रेन ट्युमर विकास हुँदैनन्  । तर लामो समयदेखि HRT, गर्भनिरोधक चक्की सेवन गरिरहेका वा ब्रेन ट्युमरको पारिवारिक इतिहास भएका महिलाहरूले नियमित जाँच गराइरहनुपर्छ ।

यद्यपि ब्रेन ट्युमरको लागि हार्मोन मात्र जिम्मेवार हुँदैन, तर तिनीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने विश्वास गरिन्छ । एजेन्सीको सहयोगमा

एजेन्सी

Link copied successfully