काठमाडौँ — वर्तमान समयमा विज्ञानले मानवीय जीवनलाई जति सहज बनाएको छ, त्यतिकै रहस्यमय पनि बनाएको छ । अब त्यो दिन टाढा छैन जब आमा–बुबा सन्तानको जन्म मिति मात्र नभइ, बच्चाको आँखाको रंग, कपालको बनावट र छालाको रंग पनि आफ्नो इच्छाअनुसार तय गर्न सक्नेछन् ।
अमेरिकाको एक जीनोमिक्स कम्पनी न्यूक्लियस जीनोमिक्सले आईभीएफ प्रविधिमार्फत् बच्चाको जीनलाई अप्टिमाइज गर्नसक्ने सफ्टवेयर विकास गरेको छ । अहिलेसम्म आईभीएफमा ल्याबमा अण्डा र स्पर्मलाई फर्टिलाइज गरेर भ्रूणलाई महिलाको गर्भमा प्रत्यारोपित गरिँदै आएको थियो ।
तर न्यूक्लियस जीनोमिक्सले यसभन्दा एक कदम अघि बढ्दै न्यूक्लियस एम्ब्रायो नामक एक जेनेटिक अप्टिमाइजेशन सफ्टवेयर विकसित गरेको हो । जसले भ्रूणको डीएनए विश्लेषण गरेर ९ सय भन्दा बढी रोगको आशंकाबारे जाँच गर्न सक्छ । यसमा डायबिटिज, हार्ट डिजिज, क्यान्सरजस्ता गम्भीर रोग समावेश छन् ।
सम्भावित आईक्यू लेभल र मेन्टल हेल्थ पनि जान्न सकिनेछ
रोमात्र होइन, यो प्रविधिले भ्रूणमा आईक्यूसँग सम्बन्धिक मार्कर्स, डिप्रेशन, एंग्जाइटी जस्ता मानसिक स्थिति, बीएमआई र हाइट जस्ता खुबीबारे पनि जानकारी दिन सक्षम छ । यति मात्र होइन, आमा–बुबा भ्रूणावस्थामा नै कपालको रंग, आँखाको रंग र छालाको रंग पनि कस्तो हुने भन्ने चयन गर्न सक्ने कम्पनीको दाबी छ ।
कसरी काम गर्छ सफ्टवेयरले?
यदि तपाईं आईभीएफमार्फत् बच्चा जन्माउने योजना बनाइरहनुभएको छ भने तपाई क्लिनिकबाट २० भ्रूणको डीएनए डेटा अपलोड गर्न सक्नुहुन्छ । सफ्टवेयरले उनीहरुको विश्लेषण गरी एक डिटेल रिपोर्ट दिनेछ । कुन भ्रूण उनीहरुका लागि राम्रो हुनेछ भन्ने आमा–बुबाले त्यसपछि चयन गर्न सक्नेछन् ।
नैतिक मूल्य
यो प्रविधि मेडिकल साइन्समा एक ठूलो छलाङ्ग मानिएको छ । तर यससँग जोडिएका नैतिक मूल्यले भने प्रश्न उब्जाउँछ । के मानिसहरु अब बच्चाको डिजाइन गर्नेछन्? अहिलेसम्म भ्रुणावस्थामै छोरा कि छोरी भनि पहिचान गर्ने व्यवस्थालाई लिएर कैयौं विरोध हुँदै आएको छ ।
तर अब गर्भबाटै बच्चा कस्तो हुने भन्ने तय गर्न सहज भयो भने प्रकृतिमाथि चुनौती हुने र यसले नैतिक मूल्यमासमेत असर गर्ने भन्दै विरोध हुनसक्नेछ । यद्दपि यो प्रक्रिया हाल परीक्षणकै क्रममा छ । कम्पनीका २५ वर्षीय फाउन्डर कियान सादेगीले भनेका छन्, ‘जब मानिसहरु आफ्नो स्वास्थ्यबारे जानकारी लिन डीएनए परीक्षण गर्छन्, त्यसरी नै भ्रुणको भयन पनि लामो र स्वस्थ जिन्दगीका लागि हुने छ ।’
