काठमाडौँ — दैनिक २ देखि ३ पटकसम्म खान खानुको उद्देश्य भोक मेटाउनका लागि हो । तर कैयौंपटक पेटभरी खाना खाँदा पनि भोक मेटिँदैन ।
यदि तपाईं पनि यस्तो महशुस गर्नुहुन्छ भने शरीरमा कुनै न कुनै समस्या हुनसक्छ । विशेषज्ञका अनुसार पेटभर खाना खाँदा पनि भोकको महशुस हुन्छ भने यसपछाडीका पाँच कारण हुनसक्छन् ।
१. प्रोटिन र फाइबरको कमी
प्रोटिन र फाइबर दुवै यस्ता पोषक तत्व हुन् जसले लामो समयसम्म तपाईंलाई पेट भरिएको महशुस गराउँछन् । यी तत्वले भोक लागेको महशुस हुन दिँदैनन् । शरीरमा यी दुई तत्वको कमी हुन नदिनुहोस् । सही मात्रामा प्रोटिन र फाइबरको मात्रा पूर्ति भयो भने बिनाकारण भोक लाग्न समस्याबाट मुक्ति मिल्छ ।
२. पानीको कमी
शरीरमा पानीको कमी हुँदा पनि पेटभर खाना खाँदा पनि केही छिनमा भोकको महशुस हुन्छ । यसकारण दिनमा ८ गिलास पानी अनिवार्य पिउनुहोस् । र खाना खाँदा पनि थोरै थोरै पानी पिउने गर्नुहोस् ।
३. हाई ब्लड सुगर
खाना खाइसकेपछि पनि हंगर क्रेभिङ हुन्छ भने यो हाई ब्लड सुगरको असर हुन पनि सक्छ । यदि डायबिटिज या प्रि–डायबिटिज छ भने आफ्नो ब्लड सुगर नियमित चेक गर्नुहोस् र नियन्त्रणमा राख्ने कोशिस गर्नुहोस् ।
४. छिटो–छिटो खाने बानी
यदि छिटो–छिटो खाना खाने बानी छ भने यस्तो बानीलाई सुधार गरिहाल्नुहोस् । खानालाई मुखमा राम्रोसँग चपाउनुहोस् र निल्नुहोस् । हतारमा खाएको खानाले शरीरलाई राम्रो प्रभाव नगर्ने विशेषज्ञहरु बताउँछन् । दुवै दाँतको काम पेटलाई गर्न नदिनु भनिन्छ । यदि राम्रोसँग चपाएर विस्तारै खाना खानुभो भने खाना खाएको केही छिनमै भोक लागेको महशुस हुने समस्याको समाधान हुनसक्छ ।
५. आवश्यकताभन्दा बढी कसरत
यदि तपाईं आवश्यकताभन्दा बढी शारीरिक कसरत गर्नुहुन्छ भने तपाईंलाई धेरैभन्दा धेरै क्यालोरीको आवश्यकता पर्छ । साथै अतिरिक्त प्रोटिन र फाइबर पाइने खाना खानुपर्छ । यदि तपाईंले सही मात्रामा क्यालोरी सेवन गर्नुहुन्न भने पनि खानेबित्तिकै भोक लाग्छ र शरीरमा कमजोरीको महशुस हुन्छ ।
यस्ता बानी अपनाउनुहोस्
१. प्रोटिन र फाइबरयुक्त स्वस्थ्य खानेकुरा खानुहोस्
२. दिनभर पर्याप्त मात्रामा पानी पिउनुहोस्
३. खानामा जरुरी पोषकत्वले भरिपूर्णा खानेकुरा खानुहोस्
४. विस्तारै–विस्तारै राम्रोसँग खाना चपाएर खानुहोस्
५. बिनाकारण तनाव नलिनुहोस्
६. ब्लड सुगरको लेभल नियन्त्रणमा राख्नुहोस्
७.दैनिक ८ घण्टा आरामले निद्रा पुर्याउनुहोस्
८. भोक लागेका बेला स्वस्थ्य खाजा खानुहोस्
यो जानकारी विभिन्न अध्ययन र विशेषज्ञको सुझावका आधारमा तयार पारिएको हो । यदि तपाईंलाई खाना खानेबित्तिकै या पेटभर खाँदा पनि भोकको महशुस हुन्छ भने विशेषज्ञ चिकित्सकसँग परामर्श गरेर आफ्नो समस्या समाधान गर्न सक्नुहुन्छ ।
