स्तन क्यान्सरका लक्षण कतिबेला देखिन्छन्, के महिनावारीका बेला जाँच गर्न सकिन्छ?

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

When do the symptoms of breast cancer appear, can it be checked during menstruation?

काठमाडौँ — स्तन क्यान्सरका लक्षण सजिलै तरिकाले घरमै आफैं पहिचान गर्न सकिन्छ । तर कैयौंपटक महिनावारीका बेला हुने परिवर्तन स्तन क्यान्सरको संकेतसँग मिल्दाजुल्दा पनि हुन्छन् ।

यस्तो अवस्थामा कतिबेला स्तन क्यान्सरबारे जाँच लिन सकिन्छ? केही यस्ता उपायहरु छन् जो घरमै बसेर स्तन क्यान्सरका सामान्य लक्षणहरु ट्रयाक गर्न सकिन्छ । 

स्तन क्यान्सरको कारण

पुरुषमा महिलाको तुलनामा स्तन क्यान्सरको खतरा कम हुन्छ । यसको कारण हो महिनावारीका बेला हुने हार्मोनल परिवर्तन र ब्रेस्ट टिश्यूको बनावट । जस कारण महिलामा क्यान्सर सेल्स बढ्ने खतरा बढी हुन्छ । 

स्तन क्यान्सरका लक्षण

स्तन क्यान्सरका लक्षण निप्पलबाट डिस्चार्ज, ड्राइनेस, त्वचा निस्किनु, स्तनको रंग–आकारमा परिवर्तन, छेउछाउमा गाँठो पर्नु, भित्रतर्फ पसेको निप्पल लगायतलाई लक्षणका रुपमा मानिन्छ । 

गाँठोलाई जाँच गर्ने सही समय

महिनावारीका बेला शरीरमा हार्मोनल परिवर्तनका कारण पनि स्तनमा कैयौंपटक गाँठो पर्छन् । जो समान्यत:क्यान्सर हुँदैन । तर महिनावारी सकिएको चार/पाँच दिनपछि आफैं जाँच गर्न सकिन्छ । 

पहिलो चरणमै कसरी पहिचान गर्ने

क्यान्सरलाई पहिलो चरणमै पहिचान गर्नु निकै मुस्किल काम हो । तर निरन्तर स्वास्थ्य जाँच गर्दा पहिचान गर्न सक्ने सम्भावना बढ्छ । यदि सुरुवाती चरणमा क्यान्सर पहिचान गर्न सकियो भने निदान गर्न पनि सहज हुन्छ । यो सामग्री विशेषज्ञहरुले विभिन्न आर्टिकल र अन्तर्वार्तामा दिएको जानकारी अनुसार तयार गरिएको हो । यदि माथि उल्लेखित लक्षणहरु देखिएका छन् भने तपाईं चिकित्सकसँग परामर्शका लागि जानु उपयुक्त हुनेछ । 

कान्तिपुर

Link copied successfully