यी खराब बानी: जसले मिर्गौलालाई हानी पुर्‍याउँछन् 

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

These bad habits: which damage the kidneys

काठमाडौँ — मिर्गौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो । रगत सफा गर्नु र शरीरमा रहेका खराब पदार्थहरुलाई बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो । 

यदि मिर्गौलाले सही तरिकाले काम गर्न सकेन भने शरीरभित्र टक्सिन जम्मा हुन थाल्छन् । जसको असर शरीरका अन्य अंगहरुमा पनि पर्छ ।

हाम्रा केही दैनिक बानीकै कारण मिर्गौला खराब हुनसक्छ । तल उल्लेखित केही खराब बानीहरु, जसले मिर्गौला खराब बनाउँछन् । 

कम पानी पिउनु

मिर्गौलालाई सहरी तरिकाले काम गर्नका लागि सही मात्रामा पानी पिउनु आवश्यक हुन्छ । कम पानी पिउने बानीले मिर्गौलामा खराब असर पार्छ । तर एकैपटक धेरै पानी पिउने र घन्टौंसम्म पानी नपिनाले पनि मिर्गौलालाई असर गर्छ । त्यसैले समय मिलाएर थोरै थोरै तर पटक–पटक पिउनुपर्छ ।

 धेरै पेनकिलरको सेवन

टाउको दुर्खने, शरीरमा स–साना समस्या देखिनेबित्तिकै चिकित्सकसँग सल्लाह नै नगरी पिनकिलर खानु मिर्गौलाका लागि हानीकारक हुन्छ । त्यसैले शरीरमा समस्या आउँदा चिकित्सकसँग सल्लाह गर्नुहोस् र धेरै पेनकिलर खानबाट बच्नुहोस् । 

धुम्रपान

धुम्रपानले फोक्सोमा मात्र असर पर्छ भन्ने अधिकांश मानिसको बुझाइ छ । तर धुम्रपानले मिर्गौलामा पनि असर गर्छ । स्वास नली, फोक्सो र मिर्गौलामा पनि असर पर्छ । त्यसैले धुम्रपानबाट टाढा रहनुहोस् ।

रातोमासुको अधिक सेवन

धेरै मात्रामा रातो मासुको सेवन गर्नु पनि मिर्गौलाका लागि हानीकारक हुनसक्छ । रातोमासुमा प्रोटिन पाइन्छ । धेरै प्रोटिन खाँदा मिर्गौलामा दबाब बढ्छ र खराब हुने सम्भावना बढेर जान्छ । 

मदिरा सेवन

उसो त मदिरा सेवन समग्र शरीरका लागि नै हानिकारक मानिन्छ । मिर्गौलाका लागि त अझ बढी जोखिमपूर्ण हो । अधिक मदिरा सेवन गर्दा मिर्गौलामा प्रेसर पर्छ र काम गर्ने शक्तिलाई कमजोर बनाउँछ । मिर्गौलामा कुनै खराबी आएको खण्डमा तत्काल विशेषज्ञसँग परामर्श लिनुहोस् । 

कान्तिपुर संवाददाता

Link copied successfully