सुकमेलका फाइैदा फाइदा

जेष्ठ ९, २०८२

कान्तिपुर संवाददाता

Benefits of Sukmail

काठमाडौँ — सुकमेलका गुणकारी मसला हो । यो चिया, खानामा राख्दा परिकार स्वादिलो मात्र बन्ने नभएर यसमा वास्तवमै औषधीय गुण रहेका हुन्छन् । प्रायजसो मानिसहरु ताजा श्वासका लागि सुकमेल चपाउने गर्छन् । आउनुहोस् आज सुकमेलका अनेकथरी फाइदाबारे पढौँ :

अपच भएका बेला सुकमेल, अदुवा तथा मरिच पिसेर खाए फाइदा हुन्छ । यसले अपच तथा टाउको दुख्ने समस्याबाट पनि राहत दिन्छ ।

सुकमेल खाए सास गन्हाउने समस्या कम हुन्छ । यसले मुखमा भएका कीटाणु नाश गरी सासलाई ताजा बनाउँछ । मुखको इन्फेक्सन वा टन्सिल भएका बेला सुकमेलको धूलो मनतातो पानीमा हालेर कुल्ला गर्नुपर्छ। 

सुकमेलको धूलो चियामा हालेर पिउँदा क्षणिक किसिमका तनावबाट जोगाउन मद्दत समेत गर्छ । 

नारीबाट

कान्तिपुर संवाददाता

Link copied successfully