आँखाको ज्योति बढाउन फाइदाजनक हुन्छन् यी जुस

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

These juices are beneficial for improving eyesight

काठमाडौँ — लामो समयसम्म स्क्रिनमा बस्नु, तनाव र पोषणको कमीका कारण अधिकांश मानिसको आँखामा समस्या देखिन थाल्छ । आँखाको ज्योति पनि विस्तारै कम हुँदै जान्छ ।

आँखाको ज्योति राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । यस्तै विभिन्न तरकारी र फलफूलका जुस बनाएर खाँदा पनि आँखामा आउने समस्या कम हुँदै जाने अध्ययनबाट देखिन्छ । 

त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस् :

गाजरको जुस

गाजरमा भिटामिन ‘ए’ र बीटा–क्यारोटिन पाइन्छ । जसले आँखाको रेटिनालाई बलियो बनाउँछ । आँखाको ज्योतिलाई मजबुत बनाउनका लागि आफ्ना खानामा गाँजरको जुस थप गर्नुहोस् । 

पालुंगोको जुस

पालुंगोमा एन्टीअक्सिडेन्ट पाइन्छ । जसले आँखालाई यूवी किरणबाट हुने नोक्सानबाट बचाउँछ । पालुंगोको जुस सेवन गर्नाले आँखाको थकान पनि कम हुन सक्छ । यदि आँखामा जलनको समस्या छ भने पालुंगोको जुस उपयुक्त हुन्छ । 

अमलाको जुस

अमलामा भिटामिन ‘सी’ पाइन्छ । आँखाका लागि फाइदाजनक मानिन्छ । अमलाको जुस दैनिक पिउनाले आँखामा रक्तसञ्चार बढ्छ र आँखाका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ ।

टमाटरको जुस

टमाटरमा लाइकोपीन र भिटामिन सी पाइन्छ । जसले आँखालाई पोषण प्रदान गर्छ । टमाटरको जुस पिउँदा आँखामा देखिने धमिलोपनको समस्यालाई कम गर्छ । 

चुकन्दरको जुस

चुकन्दरमा आइरनदेखि कयौं पोषकतत्व पाइन्छ । आँखालाई बजबुत बनाउन यसको जुस प्रभावकारी मानिन्छ । चुकन्दरको जुस दैनिक सेवन गर्नाले आँखालाई ताजापन महशुस गराउँछ । आँखाको ज्योति बढाउनका लागि आफ्नो खानामा चुकन्दरको जुस मिसाउन सकिन्छ । 

कान्तिपुर संवाददाता

Link copied successfully