काठमाडौँ — रक्तचन्दन निकै महँगो हुन्छ । सोही कारण पनि यसको तस्करी धेरै हुन्छ । कारण यसको उपयोगिता हो । रक्तचन्दन स्वास्थ्यका लागिसमेत फाइदाजनक मानिन्छ ।
रेड सन्डलवुडलाई (रक्तचन्दन) या प्टरकार्पस सेन्टालिनसको नामले पनि चिनिन्छ । आयुर्वेद र प्राकृतिक चिकित्सामा यो निकै महत्त्वपूर्ण औषधि हो । यसको प्रयोग शताब्दीऔंदेखि हुँदै आएको छ । रक्तचन्दनको ‘मेडिसिनल प्रपर्टी’ले यसलाई स्वास्थ्यका लागि प्रकृतिको एक अहम वरदान बनाउँछ ।
जान्नुहोस् यस्ता छन् फाइदा
छालाका लागि राम्रो
रक्तचन्दनमा एन्टी–ब्याक्ट्रिरियल र एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ । जसले छालामा आउने चाँया, पोतो, दाग, धब्बा जस्ता समस्यालाई कम गर्न सहयोग गर्छ । यसको पेस्ट अनुहारमा लगाउँदा त्वचा नरम बनाउँछ । यो सनबर्न र स्किन इरिटेसनलाई शान्त गर्न पनि प्रभावकारी हुन्छ । रक्तचन्दनको प्रयोगले त्वचालाई शितलता प्रदान गर्छ ।
बलियो डाइजेसन
रक्तचन्दनको झोल र पाउडरले डाइजेस्टिभ प्रोब्लम्स (पाचन प्रणालीमा समस्या) जस्तै, अपच, कब्जियत र एसिडिटीबाट राहत दिन्छ । यसको एन्टीअक्सिडेन्ट प्रपर्टिजले पेट फुल्ने समस्यालाई पनि कम गर्छ र आन्द्रालाई स्वस्थ राख्न पनि सहयोग गर्छ । आयुर्वेदमा यसलाई डाइजेस्टिभ फायरलाई सन्तुलन गर्नका लागि प्रयोग गरिन्छ ।
दिमागी स्ट्रेसमा कमी
रक्तचन्दनको बास्ना स्ट्रेस र एङ्ग्जाइटी कम गर्नका लागि पनि सहयोगी मानिन्छ । यसको प्रयोग अरोमाथेरपीमा गरिन्छ, जसले निद्राको गुणस्तरलाई राम्रो बनाउँछ । रक्तचन्दनको पेस्ट निधारमा लगाउनाले टाउको दुख्ने र दिमागी थकानमा राहत मिल्छ । यो फोकस र कन्सन्ट्रेसन बढाउन पनि सहयोगी हुन्छ ।
ब्लड प्युरिफिकेसन
रक्तचन्दनले रगतलाई सफा गर्न सहयोग गर्छ । जसकारण त्वचा र शरीरका दोस्रो अंगहरु स्वस्थ हुन्छन् । यसको एन्टी इन्फ्लेमेन्ट्री प्रपर्टीजले कुहिनामा हुने दुखाइ, गोली गाँठोमा हुने दुखाइ र मांसपेशी सुनिने समस्यालाई कम गर्न प्रभावकारी भूमिका निभाउँछ । सीमित मात्रामा नियिमत प्रयोगले इम्युनिटी पनि बढाउँछ ।
इन्फेक्सनबाट जोगाउँछ
रक्तचन्दनमा एन्टिसेप्टिक प्रपर्टिज पनि हुन्छ । जसले घाउ, चोट, काटिएको र छालामा इन्फेक्सनलाई ठिक गर्न सहयोग गर्छ । यसको पेस्ट लगाउनाले घाउ छिटो भरिन्छ र ब्याक्ट्रेरियाको प्रसार पनि रोक्छ ।
रक्तचन्दन बहुउपयोगी प्राकृतिक उपहार हो । जो छाला, पाचन प्रणाली, मानसिक स्वास्थ्य र रगतको सफाइका लागि उपयुक्त मानिन्छ । यद्यपि यसको प्रयोग गर्नुअघि विशेषज्ञको सल्लाह लिन आवश्यक हुन्छ । किनकी धेरै मात्रामा प्रयोगले नोक्सान पनि दिन सक्छ । विशेषज्ञको सल्लाहमा दैनिक सही मात्रामा उपयोग गर्नाले समग्र शरीरको स्वास्थ्यका लागि रक्तचन्दन प्रकृतिको विशेष उपहार हो ।
साइन्सडाइरेक्ट जर्नलबाट
