काठमाडौँ — तरकारी खेती गर्न चाहनेहरूका लागि ‘किचन गार्डेन’ उत्कृष्ट विकल्प बन्न सक्छ । सहरी क्षेत्रमा यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ । हाम्रो भान्सामा पकाइने धेरैजसो तरकारी आफ्नै करेसाबारी वा सानो ठाउामै उत्पादन गर्न सकिन्छ ।
किन किचन गार्डेनिङ आवश्यक ?
बजारमा पाइने तरकारीमा धेरै मात्रामा रासायनिक मल र कीटनाशक प्रयोग गरिन्छ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यस्ता तरकारीले मिर्गौलासम्बन्धी समस्या र क्यान्सरजस्ता रोगको जोखिम बढाउने विभिन्न अध्ययनहरूले देखाएका छन् । स्वस्थ जीवनका लागि सन्तुलित आहार आवश्यक हुन्छ, जसमा घरमै फलाइएको जैविक तरकारीको महत्वपूर्ण भूमिका रहन्छ ।
घरमै कसरी किचन गार्डेन बनाउने ?
उपलब्ध ठाउँको सही उपयोग
घरको छत, झ्यालको ग्रिल, बरन्डा वा करेसाबारीमा गार्डेन बनाउन सकिन्छ । जहाँ प्रशस्त मात्रामा घाम लाग्ने (६–७ घण्टा) र हावा ओहोरदोहोर गर्ने स्थान हुनुपर्छ । सिँचाइ गर्न सहज र पानी निकासको राम्रो व्यवस्था भएको ठाउा रोज्नु आवश्यक छ ।
जैविक मलको प्रयोग
भान्साबाट निस्कने फोहोरलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । तरकारीको बोक्रा, अण्डाको खोल, चियापत्तीको खोस्टा आदि राम्रो जैविक मल बन्न सक्छ ।
के–के रोप्न सकिन्छ ?
काउली, बन्दा, ब्रोकाउली, धनियाँ, साग, भिन्डी, भन्टा, भेडेखुर्सानी, खुर्सानी, गाजर, टमाटर, आलु, प्याज, लसुन आदि । तुलसी, करीपत्ता, रोजमेरी, घिउकुमारी, लेमन ग्रास, पुदिना जस्ता जडीबुटीहरू पनि रोप्न सकिन्छ।
हेरचाह कसरी गर्ने ?
किचन गार्डेनिङका फाइदा
