काठमाडौँ — गर्मीमा कपालको स्टाइल पनि कुल देखाउनुपर्छ । किनकी मौसम अनुसार लुक्स परिवर्तन गर्न पनि कपालको स्टाइल बदल्नैपर्छ । हेयर स्टाइलिस राज कुँवरका अनुसार प्रायः युवतीहरू गर्मीमा नयाँ–नयाँ हेयर कट गर्न रुचाउँछन्।
उनी अक्सर जाडो मौसममा युवतीहरूले केश नै नकाट्ने बताउँछन्। युवतीहरू गर्मी महिनामा भने आफ्नो केशमा नयाँ प्रयोग गर्न रुचाउँछन्।
लेयर्ड बब
केश हल्का छ भने यो हेयर कट गर्न सकिन्छ । यो कटमा केशको भोल्युम देखिन्छ । गोलो र ओभल अनुहारका लागि यो कट निकै सुहाउँछ । धेरैजसो सेलिब्रेटीहरूको यो कट देख्न सकिन्छ । यो कट वेस्टर्न ड्रेसका साथै फ्युजन पहिरनमा राम्रो देखिन्छ।
मेसी बब
यो कट हेभी केश हुनेहरूका लागि एकदमै राम्रो देखिन्छ । यो कट काटेपछि केशलाई बाँध्न आवश्यक हुँदैन। यस्तो कटमा सर्ट ड्रेस, ट्राउजर र जम्पसुट निकै खुल्छ।
ग्रेजुएटेड बब
यो कटले केशलाई बाक्लो देखाउँछ। यो कटको ट्रेन्ड धेरै समयदेखि चलेको छ । विशेषगरी टिनएर्जसमाझ यो कट लोकप्रिय छ। केश बाक्लो र अनुहार गोलो आकारको छ भने यो कट उत्तम हुन्छ। यो कटलाई मेन्टेन गर्न पनि सजिलो हुन्छ।
पिक्सी हेयर
छोटो केश मन पराउनेहरूका लागि यो कट निकै उपयोगी हुन्छ। यो कटमा पछाडि र साइडको केश छोटो र माथिको केश लामो हुन्छ । यो क्रप हेयर कटकै प्रकार हो। पिक्सी हेयर कटमा वेस्टर्न ड्रेस लगाउन सकिन्छ।
ए सेप्ड ब्लन्ट
सिल्की केशका लागि यो कट उपयुक्त हुन्छ। यो कटले एकदमै राम्रो देखाउँछ। यो हेयर स्टाइलले उमेर कम देखाउँछ।
स्टेप
सोल्डर लेन्थसम्मको लम्बाइ मन पराउनेहरूले यो कट गर्न सक्छन्। यो कटमा जुनसुकै पहिरन मिलाएर लगाउन सकिन्छ। यसले केशको भोल्युम देखाउँछ ।
हाई लो
यो हेयर कट निकै ट्रेन्डमा छ। यो कटमा पछाडिको केश छोटो र अगाडिको केश थोरै लामो राखेर कर्भ गरिन्छ।
अनुहारको सेपअनुसार
आफ्नो अनुहारको सेपअनुसार हेयर कट गर्दा झनै राम्रो देखिन्छ। अरुलाई राम्रो देखियो भन्दैमा त्यही कट आफूलाई पनि सुहाउँछ भन्ने हुँदैन। त्यस्तै केश काट्दा केशको टेक्स्चरलाई पनि ध्यान दिनुपर्छ।
ओभल सेप
यसमा अनुहार अण्डाकार हुन्छ। यो सबैभन्दा राम्रो सेप मानिन्छ। अण्डाकार सेप भएकाहरूलाई जुनसुकै हेयर कट सुहाउँछ। त्यसैले यो सेपको अनुहार हुनेहरूले केश कटिङमा नयाँ–नयाँ प्रयोग गर्न सक्छन्। सोल्डर लेन्थ वेव्स, साइड स्वेप्ट, ए लाइन लंग बब, फुल फ्रिज हेयर कट यो सेप भएकाहरूलाई निकै सुहाउँछ।
गोलो अनुहार
अनुहारको चौडाइको भाग जति छ त्यति नै लामो पनि छ भने त्यसलाई गोलो अनुहार मानिन्छ। यो सेप भएको अनुहारलाई मोटो अनुहार पनि भनिन्छ। यस्तो सेप भएकाहरूले अनुहार पातलो र लाम्चो देखिने हेयर कट गर्नुपर्छ। गोलो अनुहार भएकाहरूलाई साइड पार्ट लेयर्ड, स्ट्रेट डिभाइन पार्ट, ग्रेजुएट बब, भल्युमिनस वेव्स, पिक्सी कट सुहाउँछ।
स्क्वायर फेस
यो अनुहारमा निधार र चिउँडोको भाग एक समानको हुन्छ। यो अनुहार भएकाहरूले नयाँ–नयाँ हेयर कटको प्रयोग गर्नुहुँदैन। यस्तो अनुहारमा जुनसुकै कट सुहाउँदैन। स्लिक एन्ड स्ट्रेट, कलरबोन कट, लंग कर्ली ओमब्रे लेयर्स, एसिमिट्रिकल सुपर सट फ्रिज, स्यागी लेयर्ड लंग आदि कट यो अनुहारमा सुहाउँछ।
हार्ट सेप
निधारको चौडाइभन्दा चिउँडोको भाग सानो भएकाहरूलाई हार्ट सेपको अनुहार भनिन्छ। यो निधारको भागदेखि चिउँडोको भागसम्म आइपुग्दा सानो हुँदै जान्छ। यो सेप भएकाहरूले लुज वेव्स, डिप साइड स्वेप्ट फ्रिङ, फेस फ्रेमिङ, द लब, लंग पिक्सी हेयर कट काट्न सकिन्छ।
लामो अनुहार
यो सेप ओभलसँग निकै मिल्छ। ओभल सेपभन्दा थोरै लाम्चो अनुहारलाई लामो अनुहार भनिन्छ। यस्तो सेपमा अनुहार चौडाइ देखिने खालको कट गर्नुपर्छ। चिन लेन्थ बक, मल्टी लेयर्ड, कर्टेन वेग्स, साइड पार्टेड स्यागी कटले अनुहारलाई चौडा देखाउँछ।
डाइमन्ड सेप
यदि निधारको भागदेखि ज लाइनसम्मको भाग चौडा र चिउँडोको भागमात्र लामो भए यसलाई डाइमन्ड सेपको अनुहार भनिन्छ। यस्तो अनुहारमा भोल्युम देखिने कट निकै सुहाउँछ। यस्ता कटले चिकबोन्स निकै कम देखाउँछ। लंग स्लाइट वेव्स, वेव वन्डर, फेदर, डिप साइड स्वेप्ट वेग्स कट यो अनुहारका लागि राम्रो हुन्छ।
