गर्मीले बढाएको ‘बबल टी’ क्रेज 

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

The 'bubble tea' craze fueled by summer

काठमाडौँ — पछिल्लो समय ‘बबल–टी’को लोकप्रियता बढ्दै गएको छ । नेपालका विभिन्न ठाउँमा बबल टी पाइन्छ तर सबैभन्दा बढी काठमाडौंको बसन्तपुर, पोखराको लेकसाइड, भक्तपुर, ललितपुरमा अझ यस्को क्रेज देख्न सकिन्छ । बबल टी सबैभन्दा बढी युवामा लोकप्रिय छ ।

गर्मी चढेसँगै बबल टी क्रेज झन् धेरै बढेको देख्न सकिन्छ । विभिन्न स्वादका प्रकार, हेर्दा स्टाइलिस गिलास, चकलेट फ्लेबर र रंगीचंगी बबल्स भएकाले यो ड्रिङ्स हेर्दा पनि आकर्षक देखिन्छ ।

यो विभिन्न साइजमा स्मल, मिडियम, लार्जमा अडर गर्न मिल्छ । यो आफूलाई मन पर्ने फ्लेबरमा लिन सकिन्छ । यसको मूल्य भने ठाउँ हेरेर फरक–फरक हुने वसन्तपुरमा बबल टी व्यवसाय गर्ने सञ्जय जैसवाल बताउँछन् । 

बबल टी फ्लेवरमा सबैभन्दा बढी रुचाइने भेनिला, स्ट्राबेरी, चकलेट, ओरिओ, ब्लुबेरी, म्याङ्गो, किटक्याट फ्लेबर रहेको जैसवालको भनाइ छ । 

गर्मीमा भने दिनको २ सय ५० ग्लाससम्म विभिन्न साइजको बिक्री हुने उनी बताउँछन् । बबल टीमा दूधको मिश्रण भएको र फ्रुटी बबल टीमा विभिन्न फलफूल मिसाइएको हुन्छ । गर्मीको समयमा कोहीले आइस राखेर खान मन पराउँछन् त कोही आइस नराखी खाने गर्छन् । 

यसको क्रेज टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत फैलिएको हो । साथीसँग घुम्न जाँदा वा डेटमा गएका बेला युवा पुस्ताले बबल टी खाने गरेको जैसवाल बताउँछन् ।

कान्तिपुर

Link copied successfully