स्लिभलेस ब्लेजरमा देखिने होइन त कुल ?

वैशाख १, २०८२

कान्तिपुर संवाददाता

Doesn't it look like a sleeveless blazer?

काठमाडौँ — स्लिभलेस ब्लेजर अहिले युवा पुस्तामाझ ट्रेन्डमा छ । यो एउटा फिटेड बटन भएको बिनास्लिभ (बाहुला नभएको) टप हो । हेर्दा बोल्ड लुक्स दिने यो ब्लेजर आकर्षक देखिनुका साथै लगाउन पनि सहज हुन्छ । 

अहिले सेलिब्रिटी, फेसन इन्फ्लुएन्सरदेखि सर्वसाधरणको रोजाइमा स्लिभलेस ब्लेजर परेको देखिन्छ । बजारमा रातो, कालो, सेतो, खैरो विभिन्न रगंका स्लिभलेस पाइन्छ । न्यूनतम दुई हजारदेखि छ हजारसम्म यसको मूल्य रहेको छ । 

अहिले त स्लिभलेस ब्लेजर सेट अथवा पाइन्ट पनि हुन्छ । सेटको क्वालिटीमा यसको मूल्य निर्भर रहने न्युरोडमा कपडा व्यवसाय गर्दै आएकी अस्मिता थापा मगर बताउँछिन् । जाडो महिनाबाटै यो सेट खोज्न आउन थालेपछि आफूले ल्याएको र अहिले पनि बिक्री भइरहेको उनको भनाइ छ । 

आफ्नो पसलबाट धेरै रातो, कालो र सेतो रङको बिक्री भएको अर्की कपडा व्यवसायी शशिकला बुढाथोकी बताउँछिन् ।

जाडोमा स्वेटर, हाइनेकँग पनि यो लगाउन सकिन्छ भने गर्मीमा पनि स्लिभलेस ब्लेजर उपयोगी छ । विभिन्न प्रकारका जिन्स, स्कट, ट्राउजरसँग मिलाएर सजिलै लगाउन सकिन्छ । कोहिले ओभर साइज मन पराउँछन् त कोही फिटेड बटन । आफ्नो रोजाइअनुसारको यस्तो ब्लेजर बजारमा पाइन्छ ।

Doesn't it look like a sleeveless blazer?स्लिभलेस ब्लेजरबाट विभिन्न लुक्स क्रिएट गर्न सकिन्छ । 

स्लिभलेस ब्लेजरले आनन्द दिनुका साथै व्यक्तिको सौन्दर्य बढाउन ठूलो भूमिका खेलेको छ । यसलाई विभिन्न तरिकाले आफ्नो रोजाइअनुसार डिजाइन गर्न मिल्छ । स्लिभलेस ब्लेजर फेसन ट्रेन्ड फलो गर्नेका लागि स्टाइलिस, बोल्ड र सहज पहिरनका रुपमा प्रसिद्ध छ ।

कान्तिपुर

Link copied successfully