खाने होइन त हाँसको स्वादिला परिकार ?

चैत्र १९, २०८१

आरबी बुढाथोकी

Don't you want to eat a delicious dish of duck?

काठमाडौँ — हाँसबाट बन्ने अनेक स्वादका परिकार नेपालका रेस्टुरेन्टमा कमै पाइन्छ । तर पछिल्लो समय हाँसको परिकारको माग बढ्दै गएको छ । 

विश्वमा सबैभन्दा धेरै हाँसको मासुको परिकार खाने देश चीन हो । त्यहाँ हाँसबाट बन्ने सयौं परिकारको वर्षौं पुरानो इतिहास भेटिन्छ । चीनजस्तै भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, फिलिपिन्स, जर्मनी, हंगेरी, चेक रिपब्लिक, स्लोभाकियालगायत देशमा पनि हाँसका मासु दैनिक भोजनकै अंग बनेको छ ।

जलचरा भनिने हाँसका १२० देखि १३० प्रजाति संसारभर पाइन्छन् । तर मासुका लागि पेकिङ हाँस प्रसिद्ध छ । यसको हल्का स्वाद, कोमल बनावट उच्च वृद्धिदरका कारण यो खालको हाँस व्यावसायिक हिसाबले अन्यभन्दा लोकप्रिय छ । चाइनिजहरू हाँसका परिकार बनाउन निकै माहिर हुन्छन् । उनीहरू कुखुरालाई भन्दा पनि हाँसको परिकारलाई धेरै प्राथमिकता दिन्छन् ।

नेपालमा किन हाँस कम खपत ?
नेपालमा हाँस र यसका परिकारको खपत ठूलो छैन । किनकि हाँसको व्यावसायिक पालन छैन । होटल रेस्टुरेन्टको नियमित मेन्युमा हाँसका परिकार छैनन् । 

Don't you want to eat a delicious dish of duck?

स्थानीय बजारमा पर्याप्त र स्तरीय हाँसको माग पूरा नहुने हुँदा कैयौं होटल रेस्टुरेन्टले थाइल्यान्डबाट हाँसको मासु महँगो मूल्यमा मगाउने गरेका छन् । हाँसको मासु स्थानीय बजारमा पर्याप्त र नियमित उपलब्ध नहुने भएकाले पनि कैयौं होटल रेस्टुरेन्टले माग हुँदाहुँदै पनि मेनुमा हाँसका परिकार समावेश गर्न सकेका छैनन् ।

स्वास्थ्यका हिसाबले भने कुखुराको मासुभन्दा हाँसको मासु राम्रो मानिन्छ । हाँसको मासुमा प्रोटिन, आइरन, भिटामिन बी १२, सेलेनियम र ओमेगा–३ फ्याटी एसिड पर्याप्त मात्रमा पाइन्छ । 

नेपालमा कतिपयले हाँसको मासु हिलोजस्तो गन्हाउँछ भनेर पनि नखाने चलन छ । तर हिलोको गन्ध हटाउने तरिका पनि छन् । हिलो गन्हाउने भनेको रगत र भित्री अंगबाट हो । जसका लागि सबैभन्दा पहिला हाँसलाई राम्ररी सफा गरेर भित्री भाग छुट्याउने अनि एक रात नुन पानीमा भिजाएर फ्रिजमा राख्ने र बिहान दुई/तीन पटक सफा चिसो पानीले पखालेर सुक्खा हुने गरी हावा वा फ्यानको अगाडि राखेर सुक्न दिनुपर्छ । अनि मात्र कुन परिकार बनाउने सोअनुसार काटनुपर्छ । कतिपयले त हाँसको मासु दूधमा रातभर डुबाएर राख्ने र भोलिपल्ट झिकेर पकाउने पनि गर्छन् । 

हाँसबाट केके परिकार बन्छ ?
नेपालमा हाँसको परिकारमा छोइला र सेकुवा निकै प्रसिद्ध मानिन्छ । छोइला काठमाडौंको नेवारी समुदायमा प्रसिद्ध छ भने सेकुवा मुख्यरगरी चितवनको थारू समुदायमा । तर हाँसको मासु यति मात्र परिकारमा सीमित छैन । हाँसको मासुबाट कैयौं परिकार तयार पार्न सकिन्छ ।Don't you want to eat a delicious dish of duck?

हाँसको चिल्ली, ललीपप, ड्रमस्टिक, ग्रील, सुप, सलाद, रोस्ट, स्टु, करी, तन्दुरी डग, तावा, साँधेको, बुर्गर, पिज्ज, पास्ता, रोल्स मात्र होइन चाउमिन, थुक्पा या ममसम्म हाँसको मासुबाट तयार गर्न सकिन्छ ।   

अब नेपालमा पनि डक हाउस
चितवनमा प्रसिद्धि कमाएको हाँसको सेकुवा अब काठमाडौंमा पनि पाइने भएको छ । पकनाजोल चोकमा रहेको ग्रीन प्लानेट होटलले अब छिट्टै आफ्नो आउटलेटमा हाँसका परिकार पस्कन सुरु गर्दै छ । चितवनबाट झिकाइएका ताजा हाँसका लाइभ सेकुवाको साथमा दर्जनौ हाँसका परिकार पाइनेछ । डक हाउस सञ्चालन गर्नका लागि चितवनबाट नै अनुभवी हेड सेफ ल्याइएको छ ।

- बुढाथोकी दी सोल्टी होटलका सेफ हुन् ।

आरबी बुढाथोकी होटल सोल्टीका सेफ हुन् ।

Link copied successfully