के हो पारिवारिक बजेट ? कसरी तयार पार्ने ?

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

What is a family budget? How to prepare?

काठमाडौँ — के तपाईंले पारिवारिक बजेटबारे परिवारभित्रै छलफल गर्ने गर्नुभएको छ ? फजुल खर्च घटाई बचतलाई प्रोत्साहन गर्न पारिवारिक बजेटले सघाउँछ । परिवारको आम्दानी र खर्चको प्रवृत्ति बुझ्न पनि पारिवारिक बजेट तयार गर्नु जरुरी छ ।

बजेट शब्द सुन्नेबित्तिकै अर्थमन्त्रीले हरेक वर्ष जेठ १५ मा घोषणा गर्ने सरकारको आम्दानी र खर्चको विवरण भन्ने बुझिन्छ । यो बुझाइ आंशिक मात्र सत्य हो । किनकि बजेट भनेकै आम्दानी र खर्चको अनुमानित विवरण हो । निश्चित समयमा कहाँकहाँ खर्च गर्ने (खर्चका स्रोत) र त्यो रकम कहाँ कहाँबाट जुटाउने (आम्दानीका स्रोत) भन्ने अनुमानित विवरण बजेट हो । यसकारण बजेट व्यक्ति, परिवार, संस्था, सरकार सबैको हुन्छ ।

परिवारको आम्दानी र खर्चको अनुमानित विवरण नै पारिवारिक बजेट हो । पारिवारिक बजेटले आम्दानीका स्रोतको राम्रोसँग लेखाजोखा गर्न र खर्चलाई व्यवस्थित, अनुशासित एवं प्राथमिकताको आधारमा गर्न सहयोग गर्दछ । 

पारिवारिक बजेट निर्माण किन ?

– परिवारको वित्तीय लक्ष्य निर्धारण गर्न 

– उपलब्ध वित्तीय स्रोतलाई अनुशासित तवरले खर्च गर्न 

– फजुल खर्चलाई नियन्त्रण गरी बचतलाई प्रोत्साहन गर्न  

– उपयुक्त क्षेत्रमा खर्च भए/नभएको मूल्यांकन गर्न  

– परिवारको आम्दानी र खर्चलाई पारदर्शी बनाउन  

– परिवारको आम्दानी र खर्चको प्रवृत्ति हेर्न  

पारिवारिक बजेट कसरी बनाउने ?

– परिवारको वित्तीय लक्ष्य निर्धारण गर्ने 

– आम्दानीका सम्पूर्ण स्रोत यकिन गर्ने  

– खर्चको सूची तयार गर्ने  

– खर्चका शीर्षकलाई वर्गीकरण गर्ने  

– खर्चका क्षेत्र पहिचान गर्दै प्राथमिकता तय गर्ने 

– आयबमोजिम सम्भावित बचतको निर्क्यौल गर्ने 

नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता पुस्तकका आधारमा

कान्तिपुर

Link copied successfully