कसरी गर्ने फूलको स्याहार ? 

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

How to take care of flowers?

काठमाडौँ — ढकमक्क फूलको सौन्दर्य कसलाई मन पर्दैन र ? नेपाली समाजमा भने फूलको महत्व परम्परा र आस्थासँग पनि जोडिएको छ । घरआँगन, बगैंचा वा कौसीमा ढकमक्क फुलेका फूलले वातावरणलाई आकर्षक त बनाउँछन् नै सकारात्मक ऊर्जासमेत प्रदान गर्छन् । 

तर, फूल रोपेर मात्र हुँदैन ।तिनको गोडमेल र स्याहारसमेत उत्तिकै आवश्यक हुन्छ । फूलको स्याहार एकैतरिकाले गरेर पनि हुँदैन । फूलको प्रजातिअनुसार स्याहर जरुरी हुन्छ ।

कुनै फूल गर्मी महिनामा फुल्छन् भने केही जाडोमा राम्रोसँग फुल्छन् । नेपालका सहरी घरहरुमा गर्मी र जाडो दुवै मौसममा एजेलिआ, पिटुनिया, प्यान्जी, भ्यागुते, भर्बिना, डालियाजस्ता फूल बढी लगाइन्छ । नर्सरीबाट धेरै बिक्री हुने फूलका प्रजातिमा पनि यिनै पर्छन्  ।  

फूलको स्याहारका तरिका

पानीको मात्रा : कुनै फूललाई धेरै पानी आवश्यक पर्छ भने केहीलाई सातामा एकपटक मात्र पानी हाले पुग्छ । त्यसैले प्रजाति अनुसार पानी हाल्नुपर्छ ।

छाँटकाँट : प्रत्येक ५-६ दिनको अन्तरमा सुक्खा भाग र फुलेर ओइलाइसकेका भाग छाँट्नुपर्छ ।

मल प्रयोग : समय-समयमा जैविक मल प्रयोग गर्दा फूलको वृद्धि राम्रो हुन्छ ।

How to take care of flowers?

माटो परिवर्तन : केही महिनाको अन्तरमा फूलको माटो परिवर्तन गर्दा बिरुवालाई ताजा पोषण प्राप्त हुन्छ ।

सूर्यको किरण : घाम मन पराउने फूललाई घाममा राख्ने, छाया मन पराउने फूललाई उपयुक्त स्थानमा राख्ने गर्नुपर्छ ।

सही हेरचाह गर्न सकेमा घरआँगनमा फुल्ने फूलले वातावरणलाई हराभरा मात्र बनाउँदैन, मनमा शान्ति र खुसी पनि ल्याउँछ।

पुष्प व्यवसायी पंकज महर्जनसँगको कुराकानीमा आधारित

कान्तिपुर संवाददाता

Link copied successfully