प्रशस्त पानी वा झोलिलो पदार्थ पिऔं, मिर्गाैला जाेगाऔं

फाल्गुन २८, २०८१

डा. सन्ताेष क्षेत्री

Drink plenty of water or soft drinks, let's wake up

विश्व मिर्गौला दिवस प्रत्येक वर्ष अंग्रेजी क्यालेन्डरअनुसार मार्च महिनाको दोस्रो बिहीबार मनाइन्छ । यो दिवस मृर्गौलासम्बन्धी सचेतना जगाउन सन २००६ देखि मनाउन थालिएको हो ।संसारमा ६ देखि १० प्रतिशत मानिसलाई मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या छ। यसरी हेर्दा संसारभर ८० करोड मानिसलाई मिर्गौलासम्बन्धी समस्या छ।

 यति धेरै समस्या रहेको रोगबारे पौरवी गर्न र एकै पटक आवाज उठाउन र नीति निर्माणमा दबाब दिन विभिन्न अन्तर्राष्टिय क्षेत्रमा काम गर्दै आएका संघसंस्थाको सहकार्यमा दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि मिर्गौला रोगको आवस्था विकाराल छ। हालै गरिएको संरक्षणले ६ देखि १० प्रतिशत मानिसमा मिर्गौलाको कुनै न कुनै समस्या भएको देखिन्छ । हरेक वर्ष तीन हजारदेखि पाँच हजार नेपालीको पूर्ण रूपमा मिर्गौला ड्यामेज हुने गरेको पाइन्छ ।  

मिर्गौलाले शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछ । शरीरमा रहेको फोहोर पिसाबका माध्यमबाट फ्याँक्ने, शरीरमा पानी, एसिडर विभिन्न नुनको मात्रा मिलाउने, ब्लड प्रेसरलाई रेगुलर गर्ने, रातो रगत बनाउने र भिटामिन डीलाई एक्टिभ गराउने यसका मुख्य काम हुन् ।

मिर्गौला धेरै ड्यामेज नभएसम्म कुनै पनि लक्षण देखिँदैन । समान्यतया रगत भएको फोहोर मृर्गौलाले छान्छ । युवा उमेरका मान्छेको मिर्गौलाले एक मिनेटमा १ सय एमएल रगत छानेको हुन्छ । ६० एमएलभन्दा कम छानेमा मृर्गौला रोग लाग्यो भन्छौँ । १५ एमएल भयो भने ड्यामेज भएको वा काम नगरेको भन्ने गरिन्छ। ३० एमएल वरिपरिसम्म रगत छान्दा कुनै पनि समस्या भएको मेसो हुँदैन ।  

सामान्य समस्या भनेको खान मन नलाग्ने, वाकवाक हुने, थोरै हिँडे पनि स्याँस्याँ हुने वा त्यत्तिकै थाके जस्तो लाग्ने हुने, राति राम्रोसँग निद्रा नलाग्ने, राति खोकी लाग्ने, पिसाबमा फिँज देखिने, रगत देखिने र ब्लडप्रेसर बढेर जाने मृर्गौला रोगका प्रमुख लक्ष्यण हुन् ।

समयमै मृर्गौला रोग पहिचान भए निको बनाउन सक्ने उपाय छन् । दीर्घरोगी सुगर, प्रेसर भएका, जो रेगुलर उपचारमा छन् भने नेपालमा छिट्टै थाहा हुन्छ । तर, युवावस्थामा मान्छे जसलाई कुनै समस्या देखिन्न, उनीहरु अन्तिम अवस्थामा मात्र चिकित्सकहाँ आएको देखिन्छ ।

परिवारमै  मृर्गौलाको रोग छ भने यो रोग लाग्ने सम्भावना बढी हुन्छ । जन्मँदाको तौल कम हुने र प्रेसर अनि सुगर भएका मानिसमा पनि मिर्गौला समस्याको जोखिम बढी हुन्छ । मोटोपन भएका, धुम्रपान गर्ने, मुटुको रोग भएकाहरुमा मिर्गाैला रोग लाग्ने जोखिम हुन्छ ।

मिर्गौलामा पत्थरी भएका मानिसमा पनि रोगको जोखिम छ । लुपस रोग भएकालाई पनि मिर्गाैला रोगको जोखिम हुन्छ । सधैं पेनकिलर खानेमा पनि यो रोग लाग्ने जोखिम बढी नै हुन्छ । अस्वस्थ खानपान, रक्तचाप, मधुमेह, पत्थरीलगायत कारणले मिर्गौलामा समस्या देखिन्छ । धेरै तनाव र कम निद्राले पनि मिर्गाैलालाई असर गरिरहेको हुन्छ ।

मिर्गाैला जोगाउन हामीले दुई देखि साढे तीन लिटरसम्म पानी वा झोलिलो पदार्थ प्रयोग गर्नुपर्छ । यसलाई हाम्रो मौसम, कामले पनि प्रभाव पार्छ । मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पिउने,  धुमपान र मद्यपान नगरौं, शारीरिक व्यायाम गरौं र खानपानमा ध्यान दिऔं । रातो मासुको पनि प्रयोग नगरौँ, पिसाब रोकेर नराखौं । यत्ति गर्दा पनि मिर्गौला जोगाउन सकिन्छ ।

डा. सन्ताेष क्षेत्री क्षेत्री मिर्गौला राेगविशेषज्ञ हुन् ।

Link copied successfully