काठमाडौँ — घर तथा अफिसलाई आकर्षक बनाउन फ्लोरिङको महत्वपूर्ण भूमिका हुन्छ । पछिल्लो समय वुडन फ्लोरिङको लोकप्रियता बढ्दै गएको छ । बाथरुम, किचन, बाल्कोनी र कौसीबाहेक अन्य सबै कोठामा वुडन फ्लोरिङको राख्न सकिन्छ ।
जाडोमा न्यानो अनुभव दिनुका साथै यसले कोठालाई नयाँ स्वरूप प्रदान गर्छ । विभिन्न डिजाइन तथा प्याटर्नमा उपलब्ध वुडन फ्लोरिङको एन्टी–ब्याक्टेरियल गुण सम्पन्न हुने भएकाले यसले स्वास्थ्यको दृष्टिकोणले समेत फाइदा पुर्याउने विज्ञहरू बताउँछन् ।
बेस्ट डेकोरका प्रोपाइटर अरबिन राईका अनुसार वुडन फ्लोरिङको जाडोमा न्यानो तथा गर्मीमा शीतलता प्रदान गर्ने भएकाले सबै मौसमका लागि उपयुक्त हुन्छ । उनका अनुसार कार्पेटमा धुलो जम्ने र सफा गर्न गाह्रो हुने भएकाले धेरै उपभोक्ताहरू वुडन फ्लोरिङको रोज्न थालेका छन् ।
नेपालमा वुडन फ्लोरिङको अवस्था
नेपालमा जर्मन कम्पनीका उत्पादनहरू धेरैले रुचाउने गरेका छन् । चाइनिज फ्लोरिङको सस्तो पर्ने भए पनि ग्यारेन्टी नहुने भएकाले उपभोक्ताहरू दीर्घकालीन टिकाउपनका लागि गुणस्तरीय सामग्री खोज्ने गरेको राई बताउँछन् । वुडन फ्लोरिङको टिकाउपन मुख्यतः स्टाइल, काठको गुणस्तर र तापक्रममा निर्भर रहन्छ ।
फ्लोरिङको ट्रेन्ड परिवर्तन
फ्लोरिङको ट्रेन्ड समयअनुसार परिवर्तन हुादै आएको छ । पहिले रेड अक्साइड, त्यसपछि मोजेक, मार्बल, ग्रेनाइट र सेरेमिक टाइल्स लोकप्रिय थिए । हाल वुडन तथा लेमिनेटेड फ्लोरिङको माग बढ्दै गएको छ । वुडन फ्लोरिङको प्राकृतिक लुक दिने, वातावरणमैत्री हुने र सफा गर्न सजिलो हुने भएकाले हाल यसको लोकप्रियता बढ्दै गएको छ । गुणस्तरीय सामग्री तथा उचित हेरचाहले यसलाई लामो समयसम्म टिकाइराख्न सकिन्छ ।
वुडन फ्लोरिङको विशेषता
– धुलो नजम्ने भएकाले सफा गर्न सजिलो ।
– जाडोमा न्यानो र गर्मीमा शीतलता प्रदान गर्ने ।
– टिकाउ तथा वातावरणमैत्री ।
– प्राकृतिक लुक दिने तथा संक्रमणबाट बचाउने ।
फ्लोरिङको छनोट गर्दा ध्यान दिनुपर्ने कुरा
– कोठाको प्रकार अनुसार उपयुक्त फ्लोरिङको छनोट गर्नुपर्छ ।
– घरमा साना बच्चा वा घरपालुवा जनावर भएमा त्यसअनुसारको फ्लोरिङको लगाउनु उपयुक्त हुन्छ ।
– लेमिनेटेड फ्लोरिङको पानी परेमा फुलिन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक हुन्छ ।
– स्वदेशी काठको फ्लोरिङको बढी टिकाउ हुने भएकाले गुणस्तरीय सामग्री रोज्नु राम्रो हुन्छ ।
वुडन फ्लोरिङको हेरचाह कसरी गर्ने ?
– अत्यधिक पानी वा केमिकल प्रयोग नगर्नु ।
– नियमित रूपमा नरम कपडा वा भ्याकुम क्लिनरले सफा गर्नुपर्छ ।
– सिधा सूर्यको प्रकाशबाट जोगाउन पर्दा वा कार्पेट प्रयोग गर्नुपर्छ ।
– घरपालुवा जनावरको नङ तथा फर्निचरको घर्षणबाट जोगाउनुपर्छ ।
