१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मलाई मन पर्छ  - हेमन्त शर्मा, गायक

काठमाडौँ — ठाउँ 
नारायणी नदीको पारिपट्टि त्रिवेणी भन्ने गाउँ छ । यो पहिले नवलपरासीमा जिल्लामा पथ्र्यो, अहिले नवलपुरमा पर्छ । मेरो बाल्यकालको अधिकांश समय त्यहीँ बित्यो । त्यहाँ एक किलोमिटर चौडा नदी छ, त्यसको किनारमै पहाड छ । मन्दिरैमन्दिरले भरिएको निर्दाेष गाउँ भएकोले त्यो ठाउँ मलाई मन पर्छ । 

मलाई मन पर्छ  - हेमन्त शर्मा, गायक

परिकार

दाल भात तरकारी नै मन पर्छ । गोलभेडा र मूलाको थिचेको अचार मन पर्छ । अहिलेको जाडोमा पालुंगोको साग भयो भने मीठो मानेर खान्छु ।


पेय

कहिलेकहीँ सोसल ड्रिंक्स गर्दा ह्वीस्की र स्कच प्रिफर गर्छु ।


पुस्तक

म प्राय: पुस्तक पढिरहन्छु । गुरुप्रसाद मैनालीको ‘नासो’, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ र अमर न्यौपानेको ‘सेतो धर्ती’ मलाई एकदमै मन परेका पुस्तक हुन् । यी पुस्तक यथार्थ र जनजीवनसँग नजिक छन् ।


लेखक

पुरानामा गुरुप्रसाद मैनाली र नयाँमा अमर न्यौपाने मन पर्छन् । उहाँहरूको लेखाइ सरल र सामान्य लाग्छ ।


गीत

राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएको, नातिकाजीले संगीत भर्नुभएको र गायिका तारादेवीले गाउनुभएको ‘फूलको थुँगा बहेर गयो...’ मन पर्छ । नारायणगोपालको ‘यति धेरै माया दिई...’ र लोकगीत ‘नरोऊ मायालु...’ धेरै सुन्छु ।


गायक/गायिका

गायकमा नारायणगोपाल र गायिकामा लता मंगेशकरलाई धेरै सुन्ने गर्छु ।


फिल्म

बाल्यकालमा हेरेको भएर होला, ‘सम्झना’ फिल्म मन पर्‍यो । पर्दामा ठुल्ठूला देखिने अनौठा गतिविधि रोचक लागेका थिए ।


अभिनेता/अभिनेत्री

अमिताभ बच्चनको फयान हुँ । अभिनेत्रीमा तृप्ति नाटकर मन पर्छिन् ।


ग्याजेट

म आइफोन सेभेन चलाउँछु । मसित सामसुङको जे सेभेन पनि छ, तर यो त्यति कम्फर्टेबल लागेन ।


प्रकाशित : पुस २६, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?