भारी वर्षाको आँकलन गर्दै खोटाङमा सवारी साधन चलाउन रोक

मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवा–दिक्तेल–जयरामघाट सडक र सहायक सडकहरूमा आपतकालीन सवारी साधनबाहेक सवारी साधन चलाउन रोक लगाइएको हो ।

श्रावण २, २०८३

डम्बरसिं राई

Vehicle movement banned in Khotang in anticipation of heavy rain

खोटाङ — जिल्ला प्रशासन कार्यालय खोटाङले भारी वर्षाका कारण दुर्घटना तथा जनधनको क्षति हुन सक्ने भन्दै शनिबार साँझ ७ देखि आइतबार बिहान ५ बजेसम्मका लागि यातायात चलाउन रोक लगाएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवा–दिक्तेल–जयरामघाट सडक र सहायक सडकहरूमा आपतकालीन सवारी साधनबाहेक सवारी साधन चलाउन रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले शनिबार सूचना जारी गर्दै उक्त जानकारी गराएकी हुन् । 

आपतकालीन सवारी साधन चलाउनु परे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीको मोबाइल नम्बर ९८५२८०५५५५ मा फोन गर्नसमेत सूचनामा उल्लेख छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully