अख्तियारको टोलीले खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट मंगलबार नियन्त्रणमा लिएको हो ।
पाँचथर — इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट मंगलबार नियन्त्रणमा लिएको हो । पुलको रिडिजाइन स्वीकृत गराइदिने र निर्माण ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको आरोप खड्कामाथि लागेको छ ।
आयोगले खड्कामाथि थप अनुसन्धान गरिरहेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
