पाँचथरमा ३ दिनदेखि निरन्तर वर्षा भइरहेको छ । जसकारण ठाउँठाउँका सडक अवरुद्व हुँदा यातायात असहज भएको वताइएको छ ।
पाँचथर — निरन्तरको झरीका कारण आएको पहिरोले पाँचथर सदरमुकाम फिदिमदेखि सामदिन, चोकमागु, सिवाहुँदै नवमीडाँडा जाने सडक अवरुद्ध भएको छ ।
शुक्रबार साँझ करिब साढे ६ बजे फिदिम नगरपालिका- ६ सिवास्थित लाखुमधारा भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोका कारण उक्त सडक खण्ड अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीका अनुसार सडकमा ढुङ्गा माटो थुप्रिएका छन । पहिरो पन्छाउन एक्साभेटर खोजिए पनि साँझ पर्नुका साथै पानी परिरहेका कारण तत्काल सम्भव नभएको पाँचथरका प्रहरी प्रमुख (डीएसपी) अनिष कर्णले जानकारी दिए ।
पाँचथरमा ३ दिनदेखि निरन्तर वर्षा भइरहेको छ । जसकारण ठाउँठाउँका सडक अवरुद्व हुँदा यातायात असहज भएको बताइएको छ ।
