मेची राजमार्गको राजदुवाली खण्ड पुनः भासियो

सडकमा क्षति पुगेपछि बिहीबार विहानैदेखि उक्त खण्डमा सवारी साधन चलेका छैनन् ।

असार २५, २०८३

लक्ष्मी गौतम

The Rajduwali section of the Mechi Highway has sunk again

पाँचथर — मेची राजमार्गको इलाम खण्डअन्तर्गत राजदुवाली खण्ड पुनः भासिएको छ । तीन वर्षदेखि सडक भासिने समस्याले यो सडक पटक पटक अवरुद्व हुँदै आएकोमा बिहीबार विहान पुन: भासिएको हो । 

सडकमा क्षति पुगेपछि बिहीबार विहानैदेखि सवारी साधन चलेका छैनन् । सडक डिभिजन कार्यालय इलामले भासिएको खण्ड मर्मत भइरहे पनि पानी पर्न नरोकिदा समस्या भएको डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिए । 

सडकको अवस्था हेर्दा तत्काल मर्मत गरेर दीर्घकालिन रुपमा सञ्चालन गर्न नसकिने देखिएकाले वैकल्पिक सडकहरू प्रयोग गर्न सडक डिभिजन र स्थानीय प्रशासनले आग्रह गर्दै आएको छ ।

विकल्पका रुपमा अगाडि सारिएका तिल्केनी सिमलगोलाई र वेलासे खण्डमा पनि पानी पर्दा पहिरो जानुका साथै पानी जम्ने समस्याले आवागमन सहज छैन ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully