नख्खु कारागारबाट फरार हाडनाता करणी मुद्दाका कैदी उदयपुरमा पक्राउ

उनीविरुद्ध ललितपुर जिल्ला अदालतले हाडनातामा जबरजस्ती करणी मुद्दामा २३ वर्ष कैद र ७ लाख ५० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो ।

असार २०, २०८३

भोटराज राई

In-law case prisoner who escaped from Nakkhu Prison arrested in Udayapur

उदयपुर — हाडनातामा जबरजस्ती करणी मुद्दामा २३ वर्ष कैद र ७ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय पाएका एक फरार कैदी उदयपुरबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले शुक्रबार बिहान अस्थायी प्रहरी पोस्ट चुहाडेबाट प्रहरी खटाई २६ वर्षीय ती कैदीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ती कैदी गत भदौ २४ को जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका थिए ।

उनीविरुद्ध ललितपुर जिल्ला अदालतले हाडनातामा जबरजस्ती करणी मुद्दामा २३ वर्ष कैद र ७ लाख ५० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो । पक्राउ परेका फरार कैदीलाई जिल्ला कारागार कार्यालय उदयपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

भोटराज भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully