तीर्थयात्री बोकेको स्कुल बस दुर्घटनामा एकको मृत्यु, ३० जना घाइते

बर्दिबासबाट चतरा धामतर्फ जाँदै गरेको बा२ख ६४६८ नम्बरको दीप इङ्लिस एकेडेमी बोर्डिङ स्कुल, गौशाला–२ महोत्तरीको बस अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

असार ६, २०८३

भोटराज राई

One dead, 30 injured in school bus accident carrying pilgrims

उदयपुर — उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा शनिबार बिहान तीर्थयात्री बोकेको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको । ३० जना घाइते छन् । 

प्रहरीका अनुसार बिहान ९:३० बजेतिर बर्दिबासबाट चतरा धामतर्फ जाँदै गरेको बा२ख ६४६८ नम्बरको दीप इङ्लिस एकेडेमी बोर्डिङ स्कुल, गौशाला–२ महोत्तरीको बस अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

दुर्घटनामा महोत्तरीको बर्दिबास नगरपालिका निवासी ५५ वर्षीय विमलेश दत्तको मृत्यु भएको छ । गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये १२ वार्षिक सन्देशकुमार चौधरी र ३८ वर्षीया रसिलाकुमारी चौधरीको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ । 

बसचालक २९ वर्षीय जीवन आले मगर र अन्य यात्रु सामान्य घाइते भएका छन् । दुर्घटनामा परेका यात्रुहरु धार्मिक भ्रमणका क्रममा चतरा धामतर्फ गइरहेका थिए । दुर्घटनाको कारण खुल्न बााकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भोटराज भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully