जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार ढुंगा–माटोको गारो र टिनको छाना भएको घर जलेर ध्वस्त भएको हो ।
खोटाङ — केपिलासगढी गाउँपालिका–४ बाक्सिला खत्री गाउँका बाघवीर तामाङको घरमा आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा तामाङको घर जलेर ध्वस्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार ढुंगा–माटोको गारो र टिनको छाना भएको घर जलेर ध्वस्त भएको हो । स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिए पनि घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा आदि सबै जलेको बस्नेतले बताए ।
