जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको बुधबार मृत्यु भएको हो ।
खोटाङ — करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको बुधबार मृत्यु भएको हो ।
विद्युत्को तार सर्ट भएर पोलबाट जमिनमा झरेको करेन्ट लागेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको बुढाथोकीले बताएका छन् । ‘विद्युत्को तार सर्ट भएर जमिनमा झरेको करेन्ट लागेर हिजो साँझ मृत्यु भएको हो,’ बुढाथोकीले भने, ‘मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको छ ।’
